बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीसँग पनि लियो सिआइबीले बयान
काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बसन्त चौधरीसँग पनि बयान लिएको छ।सिआइबीले चौधरीसँग बुधबार नै बयान लिइएको सिआइबीको उच्च स्रोतले जानकारी दिएको छ।
बसन्त चौधरीसँगको बयानपछि आज बिहान सिआइबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ।उनी बिहान ७ बजे बयानका लागि सिआइबी कार्यालय पुगेका थिए।यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थिय...


