×

राजनीति

संसदीय छानबिन समितिलाई कांग्रेसले ‘बटमलाइन’ बनाउने

संसदीय छानबिन समितिलाई कांग्रेसले ‘बटमलाइन’ बनाउने
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने भएको छ ।संसद्‌मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो...

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । त्यसै...

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ – चन्द्र भण्डारी

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान हुनुपर्छ – चन्द्र भण्डारी
  बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए । ‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,...

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ ।बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार साँझ ५ बजे बस्ने तय छ । बैठकमा संसदको कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । यस्तै, संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी ...

गण्डकीमा राप्रपाको साथ माग्दै ओलीले भने- म पनि बाहुनको छोरो, दुइटा कुरा गर्न आउँदैन

गण्डकीमा राप्रपाको साथ माग्दै ओलीले भने- म पनि बाहुनको छोरो, दुइटा कुरा गर्न आउँदैन
पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको सरकार बनाउन राप्रपाको साथ खोजेका छन्।पार्टी कामको सिलसिलामा पोखरा आएको बेला शुक्रबार राप्रपाका नेताहरूसँग भेटेर उनले प्रदेश सरकार बनाउन सहयोगको आग्रह गरेका हुन्। एमाले माओवादी सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति छ। एमाले नेतृत्वमा गण्डकी सरकार बनाउन वर्तमान सत्ता गठबन्धनबाट बहुमत पुग्दैन, राप्रपाका २ सांसद निर्णायक छन्। एमाले कास्कीको नवनिर्वाचित कमिटीलाई शपथ गराउन शुक्रबार पोखरा आए...

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्।मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले  जानकारी दिए। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए।नेकपा माओवादी केन्द्र ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो।बहुमतका लागि गण्डकीमा ३१ जना स...

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने भएका छन्।प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटेर मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाउने तयारी गरेका छन्।मुख्यमन्त्री पाण्डेले बुधबार मध्याह्न राजीनामा दिने भएका हुन्। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। उक्त बैठकपछि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्री पाण्डेले राजीनामा दिन लागेको पत्रकारहरूलाई जानकारी गराएकी थिइन्। ‘मुख्यमन्त्र...

माओवादी पूर्वकमाण्डर खामलाई चितवन ल्याइयो,आजै अदालत पेस गरिदै

माओवादी पूर्वकमाण्डर खामलाई चितवन ल्याइयो,आजै अदालत पेस गरिदै
चितवन- पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खामलाई आज बिहान २ बजे चितवन ल्याइएको हो । उनलाई आजै चितवन जिल्ला अदालत पेस गर्ने तयारी गरिएको छ । व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार भएपछि उनको मुद्दा चितवन जिल्ला अदालतले मुल्तवीमा राखेको थियो । उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ । स्रोतका अनुसार खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खर...

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ
काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए ।यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए । खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।