×

राजनीति

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताए। उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्नेछ ।परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जन...

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे । ‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नु...

लुम्बिनीमा एमालेले टुंग्यायो मन्त्री, आज शपथ

लुम्बिनीमा एमालेले टुंग्यायो मन्त्री, आज शपथ
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।एमाले स्रोतका अनुसार ढकालले सहकारी वि...

गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला दहन
  काठमाडौँ । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेको छ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरूप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्‌मा पनि विरोध जनाइरहेको छ।

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको निर्णय

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरु दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शिक्षकहरु दलको सदस्यता लिएका, पार्टीको कार्यकारिणी समितिमा बसेका, महाधिवेशन प्रतिनिधि भएको भन्दै मन्त्रालय मातहतका विभिन्न निकायमा उजुरी परेका छन् । तर ती उजुरीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको छैन । मंगलबार विहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रमाणसहित परेका उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको मन्त्रालयक...

अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनुपर्छ – गृहमन्त्री

अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनुपर्छ – गृहमन्त्री
काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन्।ट्राफिक सचेतना विशेष अभियानको आइतबार सुरूआत गर्दै गृहमन्त्री लामिछानेले यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गरेका हुन्। ‘रोड टेष्टबिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्छ। यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ,’ उनले भने, ‘अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा ...

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत
  बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।शुक्रबार बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन् । यसअघि नवौं जिल्ला अधिवेशनबाट भुसाल सचिव चयन भएक...

वैशाख ६ गते कोशीको विशेष अधिवेशन आह्वान

वैशाख ६ गते कोशीको विशेष अधिवेशन आह्वान
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् ।२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।दुई दिन परामर्श गरेका प्रदेश प्रमुख ...