प्रधानमन्त्री ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन एमालेको माग
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन सुझाएको थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय भएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने निर्णय एमाले संसदीय दलले गरेको छ ।
‘वर्तमान स...


