×

राजनीति

प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने सपना छ : प्रचण्ड

प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने सपना छ : प्रचण्ड
काठमान्डौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरी एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देश...

महंगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

महंगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने
काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो । ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भनिन्, ‘अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार...

न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बोलाइयो

न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बोलाइयो
काठमाडौँ — काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । गम्भीर विषयको अडियो नै बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको हो, कामु प्रधानन्यायाधीश कार्कीले कान्ति...

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा
काठमाण्डौ – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो । उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छौँ भनेर झुट बोलेको र आम नागरिक...

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक
काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ।असार १० र ११ गते काठमाडौं पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो।वैशाख ३० मा भएको स्थानीय निर्वाचनको समीक्षा उक्त बैठकमा हुनेछ। साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीको भनाइ छ। केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशम...

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

आज संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयार...

एमालेको चुनावी समीक्षा : देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं

एमालेको चुनावी समीक्षा : देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष निकालेको छ । सरकारले नै निर्वाचनको स्वच्छता, पवित्रतालाई दूषित बनाउने काम गरेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रक्रियामा देखिएका विकृतिहरुप्रति गहिरो चिन्ता छ ।’ ...

प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधिसभा बैठकमा आजदेखि मन्त्रीहरूले जवाफ दिने
काठमाडौ । प्रतिनिधि सभाको विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने भएका छन् । बैठक बिहान ११ बजे बस्नेछ ।हिजो बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो । बैठकमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आ...

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ । एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।