×

मध्य नेपाल

आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नुपर्ने, फोटो खिच्न पनि पैसा लाग्ने

आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नुपर्ने, फोटो खिच्न पनि पैसा लाग्ने
काठमाडौं- धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि)  परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन्...

विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग गर्ने सहमति

विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग गर्ने सहमति
नेपालको हिमालय क्षेत्रमा हिउँ कम हुँदै गएको छ । जसले गर्दा भविष्यमा जल संकटको चेतावनी दिइएको छ ।     काठमाडौं । विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग रकम दिने सहमति भएको छ ।अजरबैजानको बाकु सहरमा भएको कोप-२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग गर्न उक्त कोष स्थापना गर्ने सहमति गरेका हुन् । कोप-२९ सम्मेलनमा भएको यो सहमतिले गरिब देशहरूलाई जलवायु परिवर्तनको प्रभावहरूसँग जुध्न मद्दत पुर्‍याउने अपेक्...

स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाक...

चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
चितवन-चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्यास बुलेट ठक्कर दिदाँ अन्दाजी ५५-६० वर्षीया पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्यास बुलेटले महिलालाई ठक्कर दिएको थियो । दुर्घटना पछि स्थानीयले बाटो अवरुद्ध पारेर घटनाको विरोध गरेको थिए । हाल प्रहरीले घटना स्थलबाट बुलेट चालक भारतको बिहार प्रदेश ...

पूर्वसभामुख ढुंगानाको आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख ढुंगानाको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार दिवंगत ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए ।सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनम...

मुख्यसचिव अर्यालले दिए राजीनामा

मुख्यसचिव अर्यालले दिए राजीनामा
काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त पत्र पेश हुने र अर्यालको राजीनामा स्वीकृत हुने प...

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा धिताल

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा धिताल
शिशिर सिंखडा टोरण्टो - प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल  सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो । २५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्ग...

नगरकोटीको शव अस्पतालबाट उठेन, पीडित पक्षबाट प्रकाश भुजेलसँग १ करोड माग

नगरकोटीको शव अस्पतालबाट उठेन, पीडित पक्षबाट प्रकाश भुजेलसँग १ करोड माग
  काठमाडौं - दुई दिनअघि झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका नारायण नगरकोटीको शव अस्पतालबाट अझै उठेको छैन । मृतक परिवारसँग आर्थिक लेनदेनको कुरा नमिल्दा शव उठ्न नसकेको हो । बुधबार शंकरापुर- ९, इन्द्रायणीमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनहरा- २ आलापोटका ३८ वर्षीय नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा घाइते भएकी उनकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटीलाई सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार ...

दार्चुला जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको खुल्यो पहिचान

दार्चुला जिप दुर्घटनामा मृत्यु भएका आठै जनाको खुल्यो पहिचान
धनगढी- दार्चुलामा जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्। त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय स...