राज्य सुरक्षा फिर्ता, अब प्रचण्डको ढाल बने पूर्वलडाकु वाईसीएल टोली !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ ।सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने ।
स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलड...


