×

मध्य नेपाल

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा श्रीमान्‍को संलग्नता खुल...

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो राखेकी थिइन् । अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री कार्की राष्ट...

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी
काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।एक युट्युब च्यानलमा कुराकानीको क्रमाम सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए । विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको ...

नारायणीमा हामफालेकी महिलाको गम्भीर अवस्थामा उद्धार

नारायणीमा हामफालेकी महिलाको गम्भीर अवस्थामा उद्धार
चितवन -  भरतपुर महानगरपालिका–१ नारायणी किनारबाट एक महिलालाई नदीमा हाम फालेको अवस्थामा उद्धार गरिएको छ।आज बिहान करिब ११:१५ बजेतिर करिब ६०–६५ वर्षकी देखिने महिलाले नारायणी नदीमा हाम फालेकी थिइन्। उनी बेहोस अवस्थामा भेटिएकी थिइन्। वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी नायब निरीक्षक अर्जुन भुषालको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोलीले ती महिलालाई उद्धार गरी भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार महिलाको परिचय खुल्न बाँकी छ भने उनको अवस्था ...

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
काठमाडौँ - गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर...

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, भड्खालोमा पर्ने चेतावनी 

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, भड्खालोमा पर्ने चेतावनी 
काठमाडौं । नेकपा एसले माओवादी केन्द्रसँग एकता गर्न लागेका बेला सम्मानित नेता झलनाथ खनालले सम्भावित एकतामा विमति जनाएका छन् । जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै पार्टी एकताको कुरा कुबेलाका बाजा भनेका छन् । उनले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गरेका छन् । खनालको वक्तव्यमा भनिएको छ–यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन ...

राज्य सुरक्षा फिर्ता, अब प्रचण्डको ढाल बने पूर्वलडाकु वाईसीएल टोली !

राज्य सुरक्षा फिर्ता, अब प्रचण्डको ढाल बने पूर्वलडाकु वाईसीएल टोली !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ ।सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने । स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलड...

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।बिहान करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका ...

कार्की आयोग नमान्ने ओलीको प्रष्टोक्ति, बयान दिन नगए सरकारले पक्राउ गर्छ ?

कार्की आयोग नमान्ने ओलीको प्रष्टोक्ति, बयान दिन नगए सरकारले पक्राउ गर्छ ?
काठमाडौं । जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नगर्ने प्रष्ट पारेका छन् । आयोगले ओलीसहितको राहदानी रोक्कादेखि उपत्यका बाहिर जान अनुमति लिनुपर्ने भनी सरकारलाई पत्राचार गरेकै बेला उनले कार्की आयोगको अस्तित्व र यसले गर्ने सम्भावित कुनै पनि सिफारिस एमालेले स्वीकार नगर्ने बताएका हुन् । एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द...