बच्चाको आत्मविश्वास कमजोर बनाउने आमाबुवाका पाँच गल्ती
डा.प्रदीप पाण्डे
नवलपुर । सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक–फरक हुन्छ ।
बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ । अभिभावककै कारण सन्तानको आत्मविश्वास कसरी कमजोर भइरहेको हुन्छ भन्नेमा यहाँ चर्चा गरिन्छ ।...


