कालिका नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती, खगेरी क्षेत्रमा सरसफाइ
चितवन । कालिका नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । फोहोर संकलन एवं बिसर्जनको उपयुक्त विकल्प नहुँदा खोला र जंगल क्षेत्रमा यत्रतत्र फाल्ने गरेको पाइएको छ । सडक, खोला र जंगल क्षेत्रमा अत्यधिक फोहोर भएपछि विश्व नदी दिवसको अवसरमा भोजाड र पदमपुर जोड्ने चितवनको कालिका नगरपालिका ५ स्थित खगेरी खोला किनारमा सरसफाइ गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनको आयोजना, सहमति संस्था गैँडाकोट, डब्लु डब्लु एफ, चर्तुमुखी सामुदायिक वन उपभोक्ता समूह कालिका नगरपालिका १ र भिमवली सामुदा...


