×

मध्य नेपाल

साईनिङ्ग बोडिङको बसको ठक्करबाट गैँडाकोटमा एक बालकको मृत्यु

साईनिङ्ग बोडिङको बसको ठक्करबाट गैँडाकोटमा एक बालकको मृत्यु
गैँडाकोट । गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित साईनिङ्ग बोडिङ स्कुलको ना १ क ३६६७ नम्बरको बसको ठक्करबाट गैँडाकोट ६ घर भएका ५ वर्षका वालक स्वस्थी बाचेको मृत्यु भएको हो । अपरान्ह ४ः ३० वजे बसको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा राति ९ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बालकलाई ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आफ्नो नियन्त्...

आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् ।१२ माघमा होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो ।दीक्षान्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, सन्डरल्याण्ड विश्वविद्यालय...

विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन

विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख सिताराम कोइराला निलम्बनमा परेका छन् । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेपछि कोइरालालाई निलम्बन गरिएको हो । मेयर बालेन शाहले कोइरालालाई ७ दिने स्पष्टिकरण सोध्दै निलम्बन गरेका हुन् । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै काठमाडौँको बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएको आरोप छ । सो स्कुललाई प्लस टु चलाउन महानगरले अनुमति नदिए पनि कोइरालाले अनुमति ...

आजदेखि स्वस्थानी व्रत सुुरु

आजदेखि स्वस्थानी व्रत सुुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।...

स्कुटरको ठक्करबाट गैँडाकोटमा एक बृद्धको मृत्यु

स्कुटरको ठक्करबाट गैँडाकोटमा एक बृद्धको मृत्यु
गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १५ स्थित मुक्तिनाथ टोलमा प्रदेश नं ३–०३–००१ प ६०३४ नं को स्कुटरको ठक्करबाट एक बृद्धको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय ७८ वर्षका होम बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । मंगलबार राति भएको दुर्घटनामा परि गम्भिर घाइते भएका बृद्ध गुरुङकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरी निरिक्षक हस्त बहादुर सुनारले जानकारी दिनुभयो । दुर्...

धनगढीमा पाँच तले घरबाट हाम फालेका व्यवसायीको मृत्यु

धनगढीमा पाँच तले घरबाट हाम फालेका व्यवसायीको मृत्यु
धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ।पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पार्किङ निषेधपछि सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी

पार्किङ निषेधपछि सटर बन्द गरेर सडकमा उत्रिए न्युरोडका व्यवसायी
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले विरोध गरेका छन्।न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन्।सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन्। पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग ...

चेपाङ बालबालिकालाई एक्सपर्ट चितवनका कर्मचारीले गरे खाद्यान्न तथा स्टेशनरी सहयोग

चेपाङ बालबालिकालाई एक्सपर्ट चितवनका कर्मचारीले गरे खाद्यान्न तथा स्टेशनरी सहयोग
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका कर्मचारीहरुले गामबेसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका छन् ।चेपाङ बालबालिकाहरुलाई आवासीय रुपमा शिक्षा दिइरहेको केन्द्रमा रहेका बालबालिकाहरुलाई पढ्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री र स्टेशनरी सामग्री सहयोग गरेका हुन् । सहयोग सामग्री एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्मालाई हस्तान्तरण गरेका थिए । एक्सपर्ट चितवन...

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताए । अपराध अनुसन्धान विभागले सोमबार काठमाडौँमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार तयार गर्न सरकार प्रतिबद्ध छ । साथै, कसैको दबाब र प्रभावमा...