पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञ समापन
बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको समापन गरिएको छ । यही फागुन ९ देखि २३ गतेसम्म सञ्चालन भएको महायज्ञमा नेपालसँगै भारतबाट लाखौँ तिर्थयात्रु र साधुसन्तको सहभागिता रहेको थियो ।
सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस महायज्ञ नेपालमै पहिलो पटक सम्पन्न भएको हो ।
स्वामी कमलनयनाचार्यले जल, जंगल र जम...


