×

मध्य नेपाल

मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रामा नजान प्रशासनको आग्रह

मुक्तिनाथ क्षेत्रमा हिमपात, यात्रामा नजान प्रशासनको आग्रह
काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् । मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भने, ‘हामी हिजो साँझ यहाँ आएका थियौं । त्यतिबेला अवस्था सामान्य थियो । आज बिहान पाँच बजेतिर उठेर मन्दिर जाऔं भन्दा त हिउँ परेको रहेछ ।’ उनले बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको बताए । ‘हामी मन्दिरभन्दा ठिक तलको क्षेत्रको होटलमा छौं, यहाँ तीन–चार इञ्च हिउँ जमेको छ,’ गौतमले अनलाइनख...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ
काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । ...

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्।सोमबार छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको स्मरण गराएकी हुन्। ‘छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ,’ प्र...

आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’

आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’
धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । त्यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको सुनाए । गुप्ताले यो वर्...

रुकुमपश्चिम जिप दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ८ पुग्यो

रुकुमपश्चिम जिप दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ८ पुग्यो
रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको बेला मृत्यु भएको हो। मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया ब...

कार्तिक शुक्ल प्रतिपदाः आज एकै दिन गोरु, गोवर्द्धन र हलि पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदाः आज एकै दिन गोरु, गोवर्द्धन र हलि पूजा गरिँदै
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ । गोवर्द...

चितवनमा जुवाको खालमा प्रहरी छापा ! साढे तीन लाख नगद सहित २१ पक्राउ

चितवनमा जुवाको खालमा प्रहरी छापा ! साढे तीन लाख नगद सहित २१ पक्राउ
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले गएराति दुई फरक स्थानमा छापा मार्दै जुवा तास खेल्दै गरेका २१ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट झण्डै साढे तीन लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद गरेको छ। विशेष सूचनाका आधारमा भरतपुर महानगरपालिका–१० स्थित ओदान रेस्टुरेन्टमा प्रहरी निरीक्षक दीपक प्रसाद रिजालको कमाण्डमा टोली खटिएको थियो। उक्त स्थानबाट जुवा खेलिरहेको अवस्थामा १० जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद रु. २,११,२१० र ए...

विपिनको गरिएन पोष्टमार्टम, आज महाकाली किनारमा अन्त्येष्टि

विपिनको गरिएन पोष्टमार्टम, आज महाकाली किनारमा अन्त्येष्टि
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । नेपालमा पोष्टमार्टम नगरी उनको अन्त्येष्टि गर्न लागिएको हो ।उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो ।विपिनको शव परिवारलाई हस्तान्तरण ...

भरतपुरमा मध्यराति स्कुटर दुर्घटना, दुई युवकको मृत्यु

भरतपुरमा मध्यराति स्कुटर दुर्घटना, दुई युवकको मृत्यु
चितवन- भरतपुर महानगरपालिका–१० एयरपोर्ट नजिक गएराति स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। गएराति करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र ऐ.ऐ. बस्ने २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए। घाइते दुबै जनालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। प्रारम्भिक जानकारी अनुसार स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर...