×

नवलपुर विशेष

गैंडाकोटमा नेपाल प्रिमियर लिग ट्रफीको भव्य स्वागत

गैंडाकोटमा नेपाल प्रिमियर लिग ट्रफीको भव्य स्वागत
गैंडाकोट- नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)–२०८२ को दोस्रो संस्करण नजिकिँदै गर्दा प्रतियोगिताको ट्रफी आज गैंडाकोटमा प्रदर्शन गरिएको छ। नवलपुर जिल्ला क्रिकेट संघको पहलमा ट्रफीलाई गैंडाकोट–९ स्थित नवजागरण क्रिकेट रंगशालामा विशेष समारोहबीच प्रदर्शन गरिएको हो। संघका अध्यक्ष धामनाथ सापकोटाले ट्रफी गैंडाकोट ल्याउन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै दर्शकहरूले उत्साहका साथ ट्रफी अवलोकन गरी तस्बिर खिच्दै रमाएको जानकारी दिनुभयो। सापकोटाका अनुसार ट्र...

मौलाकालिका मन्दिरबाट फर्कँदै गरेको अटो दुर्घटना, चार जना घाइते

मौलाकालिका मन्दिरबाट फर्कँदै गरेको अटो दुर्घटना, चार जना घाइते
गैँडाकोट । नवलपुर (पूर्व) गैँडाकोट नगरपालिका–३चिसापानी स्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।बिहान करिब ११ बजे मौलाकालिका मन्दिरबाट गैँडाकोटतर्फ फर्कँदै गरेको ना २ ह २१५५ नम्बरको अटो अचानक ब्रेक फेल भई करिब १० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक सहित चार जना घाइते भएका छन्।घाइतेहरूमा मध्यबिन्दु नगरपालिका–७ निवासी ५७ वर्षीया सरस्वती पौडेल, १४ वर्षीया कविता पौडेल, कावासोति नगरपालिका–१ की ३६ वर्षीया गंगा कंडेल, र...

गैंडाकोट बस्दै आएका एकपुरुषको भरतपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु

गैंडाकोट बस्दै आएका एकपुरुषको भरतपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङस्थित सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा गैंडाकोटमा बस्दै आएका एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आज बिहान करिब ४स्१५ बजे टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग–१०–प ६१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक बीचको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका–१ का २६ वर्षीय केशव घर्ती मगर मध्यम घाइते भएका छन्। उहाँको उ...

मध्यबिन्दुमा स्कुटर र तेल ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

मध्यबिन्दुमा स्कुटर र तेल ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
 नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब ६:३० बजे पूर्व–पश्चिम राजमार्गमा चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करका कारण स्कुटरमा सवार मध्यबिन्दु–१३ मैनाघाटका ४० वर्षीय बिरबहादुर सिंजाली गम्भीर घाइते भई उपचारका लागि मध्यबिन्दु प्रा...

जीवन बचाउने अभियानका योद्धा गैँडाकोटका सन्तोष वाग्ले, ११९ पटक रगत दिँदा पनि उस्तै उत्साह

जीवन बचाउने अभियानका योद्धा गैँडाकोटका सन्तोष वाग्ले, ११९ पटक रगत दिँदा पनि उस्तै उत्साह
गैँडाकोट -  गैँडाकोट नगरपालिका–२ निवासी ५७ वर्षका सन्तोष कुमार वाग्लेले हालसम्म ११९ पटक रक्तदान गर्दै उदाहरणीय मानवीय सेवा प्रस्तुत गर्नुभएको छ । उहाँ यस क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिहरूमध्ये अग्रस्थानमा रहनु भएको छ । वाग्लेले विसं २०४५ सालदेखि रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको हो । सुरुमा साथीहरूको प्रेरणाले रक्तदान अभियानमा सहभागिता जनाउनुभएका वाग्ले अहिले नियमित र जिम्मेवार रक्तदाता बन्नुभएको छ । उहाँ चिकित्सकको सल्लाह अनुसार हरेक तीन–ती...

गैँडाकोट प्रहरीमा नयाँ नेतृत्व, इन्सपेक्टरमा गिरी

गैँडाकोट प्रहरीमा नयाँ नेतृत्व, इन्सपेक्टरमा गिरी
गैँडाकोट - इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नराल सरुवा भई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशी पठाइएकी छन्। उनको सरुवापछि गैँडाकोटको प्रहरी नेतृत्व लक्ष्मण गिरी सम्हाल्ने भएका छन्। गिरी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत थिए ।गिरीको प्रमुख चुनौती स्थानीय क्षेत्रमा बढ्दो चोरी, जुवा र अन्य अपराध नियन्त्रण गर्नु पर्ने बताइएको छ। प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरुवा गरेको छ। असोज २८ गतेको प्रहरी महानिरी...

निकै दुखद खबर – हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

निकै दुखद खबर – हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

नेपाली कांग्रेस नवलपुरका सभापतिहरूको निष्कर्ष : नेतृत्व परिवर्तन अपरिहार्य

नेपाली कांग्रेस नवलपुरका सभापतिहरूको निष्कर्ष : नेतृत्व परिवर्तन अपरिहार्य
कावासोती - नेपाली कांग्रेस नवलपुरका आठ स्थानीय तहका सभापतिहरूले पार्टीको नेतृत्व परिवर्तन अब अपरिहार्य भएको निष्कर्ष निकालेका छन्। बुधबार कावासोतीमा बसेको सभापतिहरूको बैठकले हालको नेतृत्वले संगठनमा आवश्यक ऊर्जा र जनविश्वास पुनःस्थापित गर्न नसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई “नेतृत्व परिवर्तनका लागि चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न” आग्रह गरिएको...

गैँडाकोटमा आगलागीबाट एक महिलाको मृत्यु

गैँडाकोटमा आगलागीबाट एक महिलाको मृत्यु
चितवन-  गैँडाकोट नगरपालिका–१० सम्झना चोकमा आइतबार बिहान आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७९ वर्षीया श्याम कुमारी श्रेष्ठ आफ्नै घरको भुईँतलाको कोठामा आगलागी हुँदा मृत अवस्थामा फेला परेकी हुन्। आगलागी नियन्त्रणमा आइसकेको र घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट वेल्डिहाबाट तीन जनाको टोली घटनास्थल पुगेको थियो।यस घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको कमान्डमा अपराध स्थल अनुसन्धान (S...