×

चितवन सेरोफेरो

निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा

निर्वाचन गराउन असफल भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए । नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्न...

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति २ः१० बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरगञ्जबाट कुखुराको दाना लोडगरी भरतपुरतर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक रत्ननगर–१५ बस्ने वर्ष ३४ को जीवन मग्राती गम्भिर घाइते भएका थिए । उनको बकुलहर टाँडी अस्पतालमा उपचारको क्रममा गएराति २ः४२ बजे मृत्यु भएको जिल्ला प्र...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व मनाइँदै
काठमाडौ- ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन् । हरितालिका (तिज)को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग नि...

दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारी

दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारी
  चितवन – एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच गराएको दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारी गरिरहेको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच मौलिक तीज पर्व र यसका चुनौती शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गराएको हो । मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगि...

चितवनका महिला पत्रकारलाई प्रेस चौतारी चितवनको दर

चितवनका महिला पत्रकारलाई प्रेस चौतारी चितवनको दर
चितवन - प्रेस चौतारी चितवनले चितवनका महिला पत्रकारहरुलाई दर खुवाएको छ । क्रियाशील पत्रकारहरुको संगठन चौतारीले जिल्लामा काम गरिरहेका महिला पत्रकारहरुलाई हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम बुधवार गरेको हो । दियालो फूडल्याण्ड क्षेत्रपुरमा गरिएको कार्यक्रममा पत्रकारहरुले तीजका विभिन्न भाकाहरुमा आफैंले गीत गाउँदै नाचगान गरेका थिए । सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, न्यूनत्तम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारी लगायत विभिन्न सञ्चा...

‘प्रचण्ड’लाई एक राउण्ड किक दिएको हो – ओली

‘प्रचण्ड’लाई एक राउण्ड किक दिएको हो – ओली
    काठमाडौँ - नेकपा एमालेको पोलिटब्यूरो बैठक समापनमा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन् ।बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’बाट धोका हुन लागेको थाहा पाएरै नेपाली काँग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए । ‘प्रचण्ड’ले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक दिएको हो’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै एक ...

घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक अवरुद्ध

घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक अवरुद्ध
  चितवन । गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी-ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए। यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ...

पपुलर युनिसेक्स सैलुनका सेवा र तालिममा ५० प्रतिशतसम्म छुट

पपुलर युनिसेक्स सैलुनका सेवा र तालिममा ५० प्रतिशतसम्म छुट
चितवन-  चितवन र छिमेकी जिल्लामा शैलुन र पार्लर सम्बन्धी सेवामा परिचित पपुलर युनिसेक्स सैलुनले चाडपर्व अफर ल्याएको छ । भरतपुरको सिजि ल्याण्डमार्कमा रहेको सैलुनले यस अफर अन्तर्गत सेवा र तालिममा ५० प्रतिशतसम्म छुट दिएको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार पहिले रु.३ हजार ५०० रुपैयाँ लिईदै आएको हातखुट्टाको नङ्ग बनाउने मेनि केयर र पेडी केयर रु।२ हजारमा गर्न थालिएको छ । हेयर कलरमा रु.२ हजारबाट शुरु गरिएको छ । यस अघि रु. ३ हजारबाट यो सेवा दिंदै आएको थियो । फेसियल रु.२ ह...

नारायणगढ – मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए

नारायणगढ – मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।