×

चितवन सेरोफेरो

चितवनको लक्की मिडिया हाउस सम्मानित

चितवनको लक्की मिडिया हाउस सम्मानित
चितवन ।चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ ।काठमाण्डौमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको “चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९” मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो ।लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गर्...

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ
भरतपुर । बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरुगरेः ‘आकाशैबाट के उडि आयो भेँडाको ऊनजस्तो’ उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दैगरेको भान पार्नेगरि स्नो इफेक्टको प्रयोग गरिएको थियो । तल साँगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे छ हजार दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चूनौति दिइरहेको थियो । हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्याण्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरुगरेको ने...

रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्यायो अध्यादेश

रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्यायो अध्यादेश
काठमाडौं ।  सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ।आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको ती मन्त्रीले बताए।दफा ११६मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख गरिएको छ। सत्ता गठबन्धनले सरक...

चितवनका तीन नेतृ बने कांग्रेसबाट प्रदेश सांसद

चितवनका तीन नेतृ बने कांग्रेसबाट प्रदेश सांसद
चितवन–नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेता बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले शनिबार निर्वाचन आयोगले बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको छ । सांसद पौडेल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा लामो समयदेखि कृयाशिल छिन् । कांग्रेसको हरेक गतिविधिमा उनको सक्रियता देखिन्छ । उनी बाग...

आफ्नो निर्वाचन क्षेत्रको समस्या बुझ्दै गाउँगाउँमा सांसद रवि लामिछाने

आफ्नो निर्वाचन क्षेत्रको समस्या बुझ्दै गाउँगाउँमा सांसद रवि लामिछाने
चितवन ।  ‘नमस्कार ! आराम हुनुहुन्छ रु मलाई त चिन्नु भएको छैन होला ? म यहाँको जनप्रतिनिधि भर्खरै चुनाव जितेको ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर–२ का नवनिर्वाचित सांसद रवि लामिछानेले इच्छाकामना गाँउपालिका वडा नम्वर–१ का ८० वर्षीय भोटे बहादुर चेपाङसँग गरेको सम्वाद हो यो । जनताको समस्या बुझ्न आफ्नो निर्वाचन क्षेत्रको विकट गाउँमा पुग्नुभएका लामिछानेलाई घरको पिँडीमा बसिरहनुभएका भोटेबहादुरले भन्नुभयो, ‘मेरो सुखदुःख यस्तै छ । हाम्रो दुःख हेर्ने भए हेरि...

नारायणगढमा एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते

नारायणगढमा एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते
चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।नारायणगढबाट काठमाडौ तर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किर...

रास्वपामा विवाद हुनु गज्जब छ : रवि लामिछाने

रास्वपामा विवाद हुनु गज्जब छ : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताए । पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् । लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैल...

चितवनका दर्जनौं गाउँ मोबाइलको नेटवर्क बाहिर

चितवनका दर्जनौं गाउँ मोबाइलको नेटवर्क बाहिर
भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका(१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ,’ उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो, नेटवर्कको समस्या उस्तै छ ।’ भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित छन् । कोलभञ्ज्याङकी लालमाया चेपा...

 देश संकटमा जाने अवस्था आए एमालेले सघाउन सक्छ–सुरेन्द्र पाण्डे

 देश संकटमा जाने अवस्था आए एमालेले सघाउन सक्छ–सुरेन्द्र पाण्डे
चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था देखिएको बताएका छन्।प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पाण्डेले गठबन्धनले सरकार बनाउने अवस्था देखिए पनि त्यसले देशलाई स्थिरता दिन सक्ने सम्भावना भने नरहेको बताए। ‘राजनीतिक अस्थिरता र आर्थिक संकट एकसाथ देखिनेवाला छ,’ पाण्डेले भने, ‘धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता दिँदैन। अर्कातिर राजश्व घट्दोक्रममा छ, राजनीतिक र आर्थिक संकट एकसाथ जो...