खैरहनी महोत्सवको तयारी पूरा : ७० करोड बराबरको कारोबार हुने अपेक्षा
चितवन । पूर्वी चितवनमा आयोजना हुने खैरहनी महोत्वसको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनको पहिचानसंगै स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधिलाई वृद्धि गर्ने आयोजकले जानकारी दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनीको लदरी खोला किनारमा हुने बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सवको तयारी पूरा हुन लागेको आयोजकले जानकारी दिएको छ ।
माघ ४ गतेदेखि १५ गतेसम्म ...


