×

चितवन सेरोफेरो

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने
चितवन–नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुहरुलाई सकभर बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।  

नारायणगढ – मुग्लिन सडकखण्ड सात घन्टादेखि अवरुद्ध, यात्रुहरुलाई सास्ती

नारायणगढ – मुग्लिन सडकखण्ड सात घन्टादेखि अवरुद्ध, यात्रुहरुलाई सास्ती
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित ३ नम्बर पुलमा दिउसो साढे १ वजेदेखि अवरुद्ध भएको सडक अझै सञ्चालनमा नसकेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा लगातार माथीबाट सुख्खा पहिरो खसिरहेको कारण पहिरो हटाउने काम समेत सुरु गर्न सकिएको छैन । सडक सञ्चालनमा आउन नसक्दा चितवनबाट काठमान्डौ पोखरा जाने तथा ती क्षेत्रबाट चितवनतर्फ आउने सवारी साधनहरु विचबाटोमै रोकिएका छन् ।लामो सम...

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैनः एमाले अध्यक्ष ओली

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैनः एमाले अध्यक्ष ओली
चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।” पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।अर्को एक प्रश्...

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छः अध्यक्ष तिमिल्सिना

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छः अध्यक्ष तिमिल्सिना
चितवन । राष्ट्रियसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ । पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचन समारोहमा आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास गर्ने र स्वदेशमै रोजगारी दिनसक्ने नेतृत्वको खाँचो रहेको बताउनुभएको हो । समाज परिवर्तनसँगै देशले गति लिन नसक्नुले अहिलेको पुस्ता निराश बन्दै गएको उहाँको भनाइ छ । देशको नेतृत्व गर्नेले भोगेको भोगाइ अहिलेको पुस्ताले ...

भरतपुर अस्पतालमा विरामीको उच्च चाप, उपचार सेवा लिनै मुस्किल

भरतपुर अस्पतालमा विरामीको उच्च चाप, उपचार सेवा लिनै मुस्किल
रासस चितवन–सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ । अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ । अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । जहाँ एक सय ६...

एएफयुमा आर्थिक प्रशासनका कर्मचारीलाई लेखा व्यवस्थापन दिग्दर्शन तालिम

एएफयुमा आर्थिक प्रशासनका कर्मचारीलाई लेखा व्यवस्थापन दिग्दर्शन तालिम
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालय, संकाय, निर्देशनालय एवं आंगिक कलेजहरुका आर्थिक प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स’ तालिम सञ्चालन गरिएको छ । पाँच दिनसम्म सञ्चालन भएको सो तालिमको समापन समारोह कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हो । तालिम समापन समारोहलाई सम्ब...

कामना सेवा विकास बैँकद्वारा भरतपुरको खद्रौलीका विद्यार्थीलाई पोशाक बितरण

कामना सेवा विकास बैँकद्वारा भरतपुरको खद्रौलीका विद्यार्थीलाई पोशाक बितरण
चितवन–भरतपुर महानगरपालिका–२६ स्थित श्रीराष्ट्रिय आधारभूत विद्यालय खद्रौलीका ८५ जना विद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ ।कामना सेवा विकास बैँक ज्योतिनगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो सहयोग गरेको हो ।कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, बैँकका कर्मचारीहरु, अभिभावकहरु तथा २६ नंं वडाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । बैँकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत निरन्तररुपमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको कुरा ...

कालिका नगरपालिकाले आज सार्वजनिक गरेको बजेटमा के के छन ?

कालिका नगरपालिकाले आज सार्वजनिक गरेको बजेटमा के के छन ?
चितवन । कालिका नगरपालिकाले आज ८१ करोड बढीको बजेट आज ( आइतबार ) सार्वजनिक गरेको छ । आज आयोजना गरिएको नगरसभामा उपमेयर विमला तमाङले गौरवको योजना सहित आर्थिक वर्ष २०८०र ०८१ का लागि बजेट सार्वजनिक गरेकी हुन ।आज सार्वजनिक गरिएको बजेटमा के के विषय समेटिएका छन त ? ‘सम्बृद्ध कालिका, सुखी कालिकाबासी’ गौरवको योजना शक्तिखोरदेखि वडा न।११ को रन्तेस सम्मको बाटो, बुङखोला–थाङखोला बाढी नियन्त्रण व्यवस्थापन – खोलेसिमलदेखि क्बल चोक, जुटपानी बाटो विस्तार र मोज्याक टायल सहितको पैदल यात...

भरतपुरको नीति तथा कार्यक्रम : “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने

भरतपुरको नीति तथा कार्यक्रम : “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने
चितवन । भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको छ ।तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको उल्लेख गरिएको छ । “भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ । ...