नेप्से दोहोरो अंकले बढ्यो, होटल समूह उचालिदा लघुवित्तमा पहिरो
काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय माथि पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४।९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आइतबार ९ अर...


