चितवनकाे पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट
चितवन । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ ।आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन’का नामबाट सञ्चालन हुने भएको छ । अहिले सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ...


