नेप्सेमा दोहोरो अंकको गिरावट, २०० कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह ७४ अंक घटे ।
२७ कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घट्यो । ७ वटा कम्पनीको सेयर मूल्य स्थिर...


