×

अन्तर्राष्ट्रिय/प्रबास

अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाडौं आउँदै

अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाडौं आउँदै
  काठमाडौं-  डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो। निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवास...

रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ
  काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराए ।थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन् । ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारी...

कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, तीनजनाको मृत्यु

कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, तीनजनाको मृत्यु
रुपन्देही - रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए । कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घा...

भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते

भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते
काठमाडौँ- भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घाइतेमध्ये १५ प्रहरी पनि छन्। मञ्च भत्किएपछि घटनास्थलमा भागदौड मच्चिएको थियो। एम्बुलेन्स तत्काल उपलब्ध नभएपछि घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको बताइएको छ। सूचना पाएपछि बरौत कोतवालीका इन्स्पेक्ट...

ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने

ट्रम्पको नीतिका कारण अमेरिकामा रहेका ३ हजारबढी नेपाली ६ महिनामै फिर्ता हुने
  काठमाडौं । गत सोमबार दोस्रो कार्यकालको राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्को आप्रवासनसम्बन्धी नीतिको कारणले अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली फिर्ता हुने देखिएको छ । गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानूनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू यो घानमा पर्ने भएका हुन् । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कका अनुसार अगामी ६ महिनाभित्र उनीहरू फिर्ता हुने देखिएको छ ।स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ जुन २४ पछि अमेरिका पुग...

नेपाल यू-१९ महिला टी-२० विश्‍वकपको समूह चरणबाटै बाहिरियो

नेपाल यू-१९ महिला टी-२० विश्‍वकपको समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो ।नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् । अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २-२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-...

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो ।आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई...

शपथलगत्तै ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर

शपथलगत्तै ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर
  डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेपछि विभिन्न आदेशहरूमा हस्ताक्षर गरेका छन्।उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन्।ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन्। सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।त्यतिबेला ...

योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
  काठमाडौँ । भारतीय योग गुरु तथा पतञ्जलि योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो ।