भारतमा रेल र बस ठोक्किंदा १८ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो ।
भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले ब...


