×

राजनीति

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । संवै...

मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक जारी

मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक जारी
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।

माओवादी नेता वर्षमान अस्वस्थ, रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो

माओवादी नेता वर्षमान अस्वस्थ, रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो
काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थ भएका छन् । माघी मनाउन उनी गृह जिल्ला रोल्पा गएका थिए । रोल्पामै रहँदा अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याएर सुमेरू अस्पतालमा भर्ना गरिएको छ । उनलाई पुरानै जण्डिसको समस्या देखिएको हो । पुनले केही समय पहिला मात्र चीनमा उपचार गराएका थिए । त्यसअघि पनि उनी उपचारका लागि लामो समय चीनमा बसेका थिए ।

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन्।पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदले विश्वासको मत दिएका थिए। नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी २ जना सांसदले मात्रै विश्वासको मत दिएका थिएनन्।विश्वासको मत दिए पनि नेपाली कांग्रेस, नेक...

गण्डकीका मुख्यमन्त्री अधिकारीद्धारा प्रधानमन्त्रीसँग भेटवार्ता

गण्डकीका मुख्यमन्त्री अधिकारीद्धारा प्रधानमन्त्रीसँग भेटवार्ता
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए । प्रचण्डसँगको भेटमा भएको छलफलबारे जानकारी दिंदै अधिकारीले अनलाइनखबरसँग भने, ‘काम गर्ने सवालमा तपाईंको र मेरो स्पिरिट मिलेको छ, केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु भनें ।’ भेटका अवसरमा संघीयताको मर्म...

देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ

देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले महत्त्वपूर्ण राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए । देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा निय...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको शपथ आज, थपलिया र थापा मन्त्री बन्दै

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको शपथ आज, थपलिया र थापा मन्त्री बन्दै
हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । मंगलबार बिहान बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको न...

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री
पोखरा  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ। उनलाई समर्थन गरेका सांसद मनाङे केही दिनअघि मात्रै नेकपा (एकीकृत समाजवादी)  मा प्रवेश गरेका थिए। केन्द्रमा...

प्रदेश १ मा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने

प्रदेश १ मा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधारआध...