×

राजनीति

आगामी चुनावमा एमालेले ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ – वामदेव गौतम

आगामी चुनावमा एमालेले ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ – वामदेव गौतम
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए । ‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले  भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउ...

समाजवादी मोर्चाको घोषणा सोमबार

समाजवादी मोर्चाको घोषणा सोमबार
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि हुने भएको छ ।प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्न...

कांग्रेसले देउवा फर्केपछि मात्रै खाँणबारे निर्णय गर्ने

कांग्रेसले देउवा फर्केपछि मात्रै खाँणबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै गर्ने भएको छ ।सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । ‘कार्यबाहक जिम्मेवारी पाएपनि उपसभापतिले रिस्क लिन चाहनुभएन,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्...

समाजवादी मोर्चा आज घोषणा नहुने

समाजवादी मोर्चा आज घोषणा नहुने
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा। बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी...

डा.वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

डा.वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त
काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा। वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजदेखि

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजदेखि
काठमाडौं।संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु हुँदैछ ।बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ ।समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनु...

पत्नी आरजुलाई लिएर सिंगापुर गए कांग्रेस सभापति देउवा

पत्नी आरजुलाई लिएर सिंगापुर गए कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गरेका छन्।गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयको भनाइ छ।उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।

गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैनः प्रमुख सचेतक गिरी

गठबन्धनलाई सरकारमा बस्ने नैतिक अधिकार छैनः प्रमुख सचेतक गिरी
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पार्टी आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताए । यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताए। उनले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको जिकिर गरे । उनले भने, ‘अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो । तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्र...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी 

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी 
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ । आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आ।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् । विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ ...