×

राजनीति

कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे
  काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ । संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन...

अब जीबी पक्राउ गर्ने जिम्मा रविलाई

अब जीबी पक्राउ गर्ने जिम्मा रविलाई
निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको छ।तर आरोपित व्यक्ति नै अब अनुसन्धान गर्ने निकायको प्रमुख भएका छन्। रवि लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ। यस्तै अन्य सहकारीका विषयमा रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ। उनी समेत जोडिएका यी मुद्दाका प्...

सडक नै नभएको ठाउँमा पुल हाल्‍ने ३ कर्मचारीलाई सफाइ

सडक नै नभएको ठाउँमा पुल हाल्‍ने ३ कर्मचारीलाई सफाइ
  पोखरा । गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् । गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने ...

एमाले मन्त्रीहरुको मन्त्रालय टुंगियो, कानुनमा पदम गिरी

एमाले मन्त्रीहरुको मन्त्रालय टुंगियो, कानुनमा पदम गिरी
  काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जनाको मन्त्रालय टुंगिएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारी...

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल
काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।ससदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिना...

तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ
काठमाडौं। नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्यालले शपथ लिएका हुन्।नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।यसैबीच नेपाली कांग्रेसलगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाह...

काँग्रेसले भन्यो : ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए

काँग्रेसले भन्यो : ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य तोडेर माओवादी, नेकपा एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ। अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काएको भन्दै काँग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छ ।