×

राजनीति

सरकार छोड्नुपर्दा कांग्रेस पानी बिनाको माछाझैँ जस्तो भएको छ – महेश बर्तौला

सरकार छोड्नुपर्दा कांग्रेस पानी बिनाको माछाझैँ जस्तो भएको छ – महेश बर्तौला
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवार कांग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपरेको पीडाका रुपमा चित्रण गरेका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको भन्दै ब्यंग्य गरे। उनले कांग्रेस पानी बिनाको माछाझैँ छटपटाइरहेको बताए। उनले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रिया अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे। उन...

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्।प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए।दिपेश सुन तस्करी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएका थिए। उनलाई रूपन्देही लैजाँदै गरेको स्रोतले बतायो। पुनलाई प्रहरीले कुन मुद्दा पक्रेको हो खुलाएको छैन।६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको थियो। यस्तै, बुटवलको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ। मन्त्रिपरिषद बैठकले यस विषयमा निर्णय लिने बताइएको छ।सुन तस्करीसम्बन्धी अनुसन्...

सुन तस्करी प्रकरणमा हामीले उठाएको विषय सही प्रमाणित भयो : एमाले

सुन तस्करी प्रकरणमा हामीले उठाएको विषय सही प्रमाणित भयो : एमाले
  काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही साबित भएको जनाएको छ ।पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताए । बर्तौलाले भने, ‘हामीले त्यसबेला राज्य...

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहितलाई मुद्दाको सिफारिस

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहितलाई मुद्दाको सिफारिस
काठमाडौं । इलेक्ट्रोनिक चुरोट (भेप) मा राखेर सुन तस्करी गरेको प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।सुन तस्करी प्रकरण जाँचबुझ गर्न गठित आयोगले महरा सहितलाई मुद्दा चलाउन सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ। यस्तै आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल, रूगम कुँवरविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको स्रोतको दाबी ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री(व्यवस्थापन तथा नियमन)  विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा...

कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन, कांग्रेस विश्वासघाती

कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन, कांग्रेस विश्वासघाती
  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए । विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए । उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको ...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आध...