उपप्रधानमन्त्री सिंहको प्रश्न – वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन ?
काठमाडौं- उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्।नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।
‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ ?’उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य ...


