×

राजनीति

रास्वपा तर्फ लक्षित गर्दै देउवाले भने – हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं

रास्वपा तर्फ लक्षित गर्दै देउवाले भने – हाम्रा साथीलाई मुद्दा लाग्दा त होहल्ला गरेनौं
  धनगढी - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् ।आइतबार गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताए । विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको देउवाले बताए । ‘हाम्रा साथीहरुलाई मुद्धा...

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । गत असोज २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब...

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाडौं- राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ।भदौ ७ गते बसेको न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लिन वा अन्य विभिन्न काममा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्‍तरिम आदेश दिएको थियो। उक्त आदेशविरूद्ध राष्ट्रिय पञ्जिकरण विभागले महान्यायधिवक्ता कार्यालयमार्फत भ्याकेट निवेदन दर्ता गराएको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता सूर्यराज दाहालले जान...

ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो । मनाङेलाई यसअघि उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

कीर्तिपुरको मेयर पदमा माओवादी केद्रले प्राडा शिवशरणलाई उम्मेदवार बनाउने

कीर्तिपुरको मेयर पदमा माओवादी केद्रले प्राडा शिवशरणलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मे...

रविलाई आज अदालतमा उपस्थित गराइयो

रविलाई आज अदालतमा उपस्थित गराइयो
  पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो । कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार

एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार
काठमाडौं- नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ।यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।यसअघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ।

नारायणगढ–बुटवल सडक विस्तार तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी

नारायणगढ–बुटवल सडक विस्तार तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने सरकारको तयारी
नारायणगढ। नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । वि।सं।२०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक विस्तारको काम सकेको छैन । निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत...

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ
  काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै...