×

राजनीति

झापा पुगेर प्रचण्डले भने – ८४ सालमा माओवादी पहिलो पार्टी बन्छ

झापा पुगेर प्रचण्डले भने – ८४ सालमा माओवादी पहिलो पार्टी बन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् ।झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले काँग्रेस र एमालेलाई बिस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे । उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको...

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
काठमाडौं - नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्।इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन्।अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्। गए राति सम्पन्न मतगणनाबाट थापा अध्यक्षमा निर्वाचित भएको महाधिवेशनमा सहभागी जेसीज गोरखाका पूर्वअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी थापा सन् २०१९ मा मनोहरा ज...

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानक...

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले बताए । बैठक भर्चुअल माध्यमबाट बस्ने छ । ‘आज दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ,’ ती नेताले भने, ‘हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं ।’ ती नेतका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ । ‘पहिल्यै केन्द्रीय सम...

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाइँदै

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाइँदै
  काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती आज मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेता भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति ९निर्वाण० भनेनन...

नेकपा (माओवादी केन्द्र) गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा प्रकाश अधिकारी

नेकपा (माओवादी केन्द्र) गैँडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा प्रकाश अधिकारी
गैंडाकोट-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैंडाकोटको अध्यक्षमा प्रकाश अधिकारी चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटी चयन गरेको हो । पौष २ गते पार्टीको अधिवेशन भएपनि सहमतिका लागि भन्दै नयाँ नेतृत्व चयन प्रकृया रोकिएको थियो । नेताहरुका विचमा सहमती कायम भएपछि प्रकाश अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । पार्टीको नगर उपाध्यक्षहरुमा रामकुमारी रिमाल, सुक बहादुर दंगाली र विष्णु सापकोटा...

आईजीपीलाई गृहमन्त्रीको निर्देशन – लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नू

आईजीपीलाई गृहमन्त्रीको निर्देशन –  लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नू
काठमाडौं - गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयलाई छानविन गरी कारबाहीमा गर्न निर्देशन दिएका छन्। बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई ...

सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव

सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव
काठमाडौं । सांसदहरूले कर्मचारीको सरुवा व्यवस्थित ढंगबाट गरिनुपर्नेमा जोड दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजनीतिक ‘सोर्सफोर्स’का आधारमा कर्मचारी काठमाडौं वरिपरि घुम्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँगको छलफलमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्बरबहादुर थापाले तोकेको ठाउँमा नजाने कर्मचारीले जागिर नै छाड्नुपर्ने कडा व्यवस्...

समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली

समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली
  काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेटा पलाउने टिप्पणी गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र रविको सरकारले जथाभाबी बोल्न र गर्न थालेपछि काँग्रेससँग मिलेको सुनाए । उनले भने, ‘मुद्दा मामिला गरेर फसाउने कुरा पहिले महेन्द्...