बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच छलफल भएको हो ।
सरकारले मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप बढ...


