×

राजनीति

राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई २१ घण्टाकाे समय प्रदान

राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई २१ घण्टाकाे समय प्रदान
६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।   हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।  

७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउन...

महन्थ–उपेन्द्रको सहमति भाँडियो, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता

महन्थ–उपेन्द्रको सहमति भाँडियो, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता
जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । पत्र सचिवालयमा दर्ता भइसकेको छ । यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खा...

जेठ २ मा फर्किने सहमति कार्यान्वन गर्न एमालेमा कार्यदल गठन 

जेठ २ मा फर्किने सहमति कार्यान्वन गर्न एमालेमा कार्यदल गठन 
काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।  

आर्थिक स्रोत अभावले नागरिकको ज्यान जान हुँदैन : प्रधानमन्त्र‍ी ओली

आर्थिक स्रोत अभावले नागरिकको ज्यान जान हुँदैन : प्रधानमन्त्र‍ी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस महामारीका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने भएकोले ‘र्‍यापिड रेक्सपोन्स टिम’ बनाएर काम गर्न निर्देशन दिएका छन्।प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने पनि बताए। आज सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले उक्त कुरा भनेका हुन्।प्रधानमन्त्री ओलीले बैठकमा राखेका कुराबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हाम्रा प्रक्रिया र आर्थिक...

महेश बस्नेतको आक्रोसः ‘सत्ता पिपासुको स्याल हुँइयाले दाल गल्ने वाला छैन’

महेश  बस्नेतको आक्रोसः ‘सत्ता पिपासुको स्याल हुँइयाले दाल गल्ने वाला छैन’
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिसभाका सांसद महेश बस्नेतले सत्ता स्वार्थी दल तथा तिनका नेताहरुको सपना प्रधानमन्त्री केपी शर्मा ओलीले तुहाइदिनुभएका कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट शुरु भएको बताउनभुएको छ । जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदहरुले भक्तपुरको एक रिसोर्टमा बसी राजेन्द्र महतोलाई दलको नेता चयन गरेको विषयलाई लिएर कतिपय मिडियाहरुले सांसद बस्नेतप्रति नकरात्मक दृष्टिकोण राख...

प्रधानमन्त्री ओलीद्धारा शपथ

प्रधानमन्त्री ओलीद्धारा शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ ३ अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।