×

राजनीति

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता
जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो। अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको ...

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै
काठमाण्डौ- जनता समाजवादी पार्टी जसपा को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलि...

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल भयो : शेखर कोइराला

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल भयो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए । त्यस घटनाप्रति इंगित गर्दै डा। कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो द...

युथ फोर्सको भ्याली कमाण्ड घोषणा

युथ फोर्सको भ्याली कमाण्ड घोषणा
काठमाडौं । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) घोषणा भएको छ ।एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ ।एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार...

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् । पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि यस्तो प्रस्ताव गरेका हुन् ।ओलीले बैठकमा भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको उनले बताए । एकता भएमा सबै संरचनाहरु २०७५ साल जेठ २ गतेकै अवस्थाबाट क्रियाशील हुने उनको भनाइ...

अमरेशले देउवालाई बुझाए राजीनामा पत्र

अमरेशले देउवालाई बुझाए राजीनामा पत्र
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मा...

३९ औं विपी स्मृति दिवस आज मनाईदै : नवलपुरमा फलफुल वितरण र साँझ दीपावली गरिने

३९ औं विपी स्मृति दिवस आज मनाईदै : नवलपुरमा फलफुल वितरण र साँझ दीपावली गरिने
नवलपुर। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो । पछि उहाँ विदेशमा बसेर द...

लक्ष्यअनुरूप द्रुतमार्गको काम

लक्ष्यअनुरूप द्रुतमार्गको काम
काठमाडौँ । काठमाडौँ–तराईरमधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ ।नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सेनाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७७र७८ म...