एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको उपलब्ध निवर्तमान स्थायी समिति सदस्यहरूको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
‘हामी निवर्तमान स्थायी समिति सदस्यहरु बैठकमा उपस्थित भएका थियौं। त्यहाँ समग्र घटनाक्रमको विषयमा समीक्षा भयो’, बैठकमा सहभागी नेता लिलामणि पोखरेलले भने, ‘एमसीसीका विषयमा विपक्षमा उभिने निर्णय भयो। यस्तो अवस्थामा गठबन्धन जोगिए ...


