×

मध्य नेपाल

भोजपुरमा आगो लाग्दा एकाघरका ३ बालबालिकाको मृत्यु

भोजपुरमा आगो लाग्दा एकाघरका ३ बालबालिकाको मृत्यु
  भोजपुर । हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको हो । आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् ।

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार
काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ गिरीले  भनिन् । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्...

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
  काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’ अनुसन्धान...

धुलोले हैरानी भएपछि गैंडाकोटमा चक्काजाम

धुलोले हैरानी भएपछि गैंडाकोटमा चक्काजाम
गैैडाकोट । नारायणगढ-बुटवल राजमार्ग स्थित गैडाकोटमा धुलोले हैरानी भएपछि चक्काजाम गरिएको छ । गैंडाकोट ९ थुम्सिमा स्थानियले निर्माणाधिन सडकमा पानी नहालेको भन्दै बुधवार साँझ चक्काजाम गरेका हुन् । बाटोमा उडेको धुलोले स्वास्थ्यमा असर गरेको, समयसमयमा पानी नहालेको, काम सुस्त गतिमा गरेको भन्दै सडक बन्द गरि विरोध जनाउनुपरेका बताएका छन् । साझ साढे ६ बाट बन्द भएको सडक अहिलेसम्म खुल्न नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ । यस राजमार्ग विस्तारको लागि पटक पटक म्याद थप गर्दा समेत निमार्ण...

माधव नेपालका आंशिक माग पूरा,  नारायण दाहाललाई भोट दिन ह्विप

माधव नेपालका आंशिक माग पूरा,  नारायण दाहाललाई भोट दिन ह्विप
काठमाडौं । राष्ट्रियसभामा अध्यक्षमा नारायणका दाहाललाई जिताउन सत्ता गठबन्धनको संयुक्त बैठक बसेको छ।माओवादीको तर्फबाट उम्मेदवारी दिएका दाहाललाई जिताउन गठबन्धन दलको संयुक्त बैठक बसेको हो। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, नेकपा एस र जसपा सहभागी छन्। तर, गठबन्धनमा असन्तुष्टि जनाउँदै आएका माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलपछि उनको माग आंशिक पूरा भएको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन केही बेरमा सुरु हुँदैछ। उम्मेदवार दाहाललाई ओलीकै...

गृह सचिवमा एकनारायण अर्याल

गृह सचिवमा एकनारायण अर्याल
काठमाडौँ । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो ।अर्याल गृहका क्याडर हुन् । सहसचिवका रूपमा लामो समय बसेका अर्याल काठमाडौँको प्रमुख जिल्ला अधिकारी भई काम गरेका थिए । नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय ...

मजदुरबाट मालिक हुँदै होटल मालिकका नेता बन्न सफल कृष्ण भट्ट

मजदुरबाट मालिक हुँदै होटल मालिकका नेता बन्न सफल कृष्ण भट्ट
चितवन । कुनै समय होटलमा मजदुरका रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बन्नुभएको छ ।विसं २०५२ मा नारायणगढको एक रेष्टुरेण्टमा मजदुरका रुपमा प्रवेश गरेका उहाँ अहिले दुई रेष्टुरेण्ट र एउटा होटलका मालिक बन्नुभएको हो । यति मात्रै होइन उहाँ होटल व्यवसायी सङ्घ चितवनको अध्यक्ष पनि बन्नुभएको छ । गोरखाको घ्याम्पेसालमा विसं २०३७ मा जन्मिनुभएका लोकनाथ भट्ट सफल व्यवसायी बन्नुभएको हो । विसं २०४२ मा नवलपरासीको प्रगतिनगरमा बसाइ सरेर उहाँको परिवार आएको ...

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए
  जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो ।महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।

मन्त्री चौधरी अमेरिका भ्रमण नजाने, सचिवको टोली प्रस्थान

मन्त्री चौधरी अमेरिका भ्रमण नजाने, सचिवको टोली प्रस्थान
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् ।भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनझको ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो ।तर, प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ । मन्...