×

नवलपुर विशेष

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : शशांक कोइराला

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ : शशांक कोइराला
नवलपरासी – नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको छ । नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा नेता कोइरालाले प्रचण्ड सरकार असफल भएकाले अब पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री आफ्ना कामबाट आफै सन्तुष्ट नभएको कोइरालाको भनाइ छ । माधव नेपालपछि शेरबहादुर देउवा प्रधानमन्...

गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षका बलराम पौडेल रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । विहान साढे ११ वजे ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिदा चालक पौडेलको घटनास्थलमै मृत्यु भएको हो । बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएक...

बाथरुममा लडेर गैँडाकोटमा एक महिलाको मृत्यु

बाथरुममा लडेर गैँडाकोटमा एक महिलाको मृत्यु
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बाथरुममा लडेर एक महिलाको मृत्यु भएको छ । बाग्लुङको काठेखोला गाउँपालिका वडा नं. ५ बिहु घर भएकी ४० बर्षिया गोमा कडेलको बाथरुममा लडेर ज्यान गएको हो । गैँडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित दिदिको घरमा पाहुना आएकी कडेलको आज विहान ७ : ३० वजे बाथरुममा लडेर बेहोस अवस्थामा उद्धार गरिएको थियो । उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज लगिएकोमा उनलाई विहान पौने ९ वजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।  

गैँडाकोटमा २० बर्षिया युवतीद्धारा आत्महत्या

गैँडाकोटमा २० बर्षिया युवतीद्धारा आत्महत्या
गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक युवतीले आत्महत्या गरेकि छिन् । गैँडाकोट नगरपालिका वडा नं. ११ मुकुन्दसेन बोडिङ स्कुलचोक नजिकै घर भएकी २० बर्षिया सिता परियारले आफ्नै घरको कोठामा सोमबार दिउसो सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । परियारले किन आत्महत्या गरिन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गैँडाकोटमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् ।

हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नु छ : कृष्ण सिटौला

हाम्रो लागि होइन राष्ट्र र जनताको लागि काम गर्नु छ : कृष्ण सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।निर्वाचित भइसकेपछि पहिलोपटक झापामा आयोजित औपचारिक कार्यक्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन् । गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा उनले भने, ‘ तपाईंहरूको हातमा पार्टी छ । हामीले राष्ट्रको हितमा काम गर्नु छ । हामी हाम्रो लागि होइन राष्ट्र र जनताका लागि छौं ।’उनल...

गैँडाकोटका समाजसेवी हरिकृष्ण रिमालको निधन

गैँडाकोटका समाजसेवी हरिकृष्ण रिमालको निधन
गैँडाकोट । कोटेश्वर मन्दिर शिवालय सेवा समितिका अध्यक्ष गैँडाकोट नगरपालिका वडा नं. ४ का धार्मिक तथा सामाजिक व्यक्तित्व हरिकृष्ण रिमालको निधन भएको छ । ७१ वर्षीय रिमालको आज विहान २ वजे गैँडाकोट ४ स्थित आफ्नै निवासमा निधन भएको हो । नेपाली काँग्रेसको क्षेत्रीय सदस्य समेत रहनुभएका रिमाल काँग्रेस गैँडाकोट ४ को पूर्व सभापति समेत हुनुहुन्थ्यो । रिमालका श्रीमती २ छोरा र २ छोरीहरु हुनुहुन्छ । रिमालको निधनले एक कर्मठ राजनैतिक, धार्मिक तथा सामाजिक व्यक्तित्व गुमाएको छ ।

बालबालिकालाई सिकाई र अनुभवका आधारमा पढाइने गैँडाकोटको कखरा मन्टेश्वरी

बालबालिकालाई सिकाई र अनुभवका आधारमा पढाइने गैँडाकोटको कखरा मन्टेश्वरी
  गैँडाकोट। च्याउसरी खुलेका मन्टेश्वरीको गुणस्तरीयता मापन गर्ने आधार नभएकोले अभिभावकलाई कुन मन्टेश्वरीको गुणस्तर कस्तो छ झट्ट थाहा हुँदैन । जब बालबच्चा अढाई तीन वर्षका हुन्छन्, अभिभावकलाई उनीहरुलाई कस्तो शिक्षा दिने र कस्तो मन्टेश्वरीमा पठाउने चिन्ता हुन्छ । टोलटोलमा खुलेका मन्टेश्वरीको गुणस्तरीयतामा प्रश्न उठिरहेको अवस्थामा अभिभावकले आफ्ना नानीहरुलाई मन्टेश्वरी पठाउँदा त्यहाँको वातावरण देखि शिक्षक शिक्षिकासँगै पूर्वाधारमा समेत विशेष ध्यान दिनुपर्छ । नवलपुरको गैँडा...

मन्टेश्वरी स्कुल : नाम मात्रै कि सिकाइ पद्धति पनि ?

मन्टेश्वरी स्कुल : नाम मात्रै कि सिकाइ पद्धति पनि ?
काठमाडौं । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ ।विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ । बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ ।मन्टेश्वरी किन्डरग...

त्रिवेणी ब्यारेज पुलबाट खसेर भरतपुरका एक पुरुषको मृत्यु

त्रिवेणी ब्यारेज पुलबाट खसेर भरतपुरका एक पुरुषको  मृत्यु
गैँडाकोट । त्रिवेणी ब्यारेज पुलबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ८ घर भएका ४५ वर्षका कृष्ण दराईको पुलबाट नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मादक पदार्थ सेवन गरेर हिडेका दराई मंगलबार अपरान्ह ४ वजे अचानक पुलबाट नदीमा खसेका थिए । उनको शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा ज्यान गएको हो । चितवन महानगरपालिका वडा नं. ८ स्थायी घर भएका उनि विगत केहिसमयदेखि बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ७ मा बस्दै आएको...