×

नवलपुर विशेष

नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या

नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या
नवलपुर । नवलपरासीमा एकैघरका हजुरबुवा र नातिको हत्या भएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र वर्ष ११ का गौचरण चमारको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवैजनाको शव घर बाहिर उत्तानो अवस्थामा फेला परेको र घटनाको सम्वन्धमा तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिए ।

अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा दिदै अक्सफोर्ड स्कुल, नयाँ शैक्षिकसत्र देखि नयाँ भवनमा

अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा दिदै अक्सफोर्ड स्कुल, नयाँ शैक्षिकसत्र देखि नयाँ भवनमा
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले राजधानीका अब्बल ठहरिएका विद्यालयहरुकै हैसियतमा आधुनिक शिक्षा उपलव्ध गराउने तयारी गरेको छ । शैक्षिक सत्र २०८१/८२ देखि स्कुलले नयाँ भवनबाट अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षाको थालनी गर्ने भएको हो । स्कुलका प्रचार्य प्रोफेसर ई. हरि भण्डारीले नेपाली परम्परा, भाषा, संस्कृति र भेषभूसालाई समेत समेटेर अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा प्रदान गर्न लागिएको बताउनुभयो । गैँडाकोट २ स्थित नारायणी नदी किनारमा र...

गैँडाकोटका २ जना युवामाथि चितवनमा खुकुरी प्रहार

गैँडाकोटका २ जना युवामाथि चितवनमा खुकुरी प्रहार
गैँडाकोट । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडिले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू फरार रहेका छन् । घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घ...

नवलपुरमा ऋण नतिरेर उल्टै मिटर ब्याज लगाएको भन्दै झुटो निबेदन दिने पक्राउ

नवलपुरमा ऋण नतिरेर उल्टै मिटर ब्याज लगाएको भन्दै झुटो निबेदन दिने पक्राउ
  कावासोती — आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै प्रहरीलाई झुटो विवरण दिने एक युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । कावासोती नगरपालिका १७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारीले प्रहरीलाई गलत सूचना दिएर झुक्याएको आरोपमा पक्राउ परेका हुन् । अधिकारीले कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए । भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको ...

गैडाकोट इङ्लिस स्कुलमा अभिभाबक लक्षित कार्यक्रम, भाग्यको खेलमा उल्लेख्य सहभागिता

गैडाकोट इङ्लिस स्कुलमा अभिभाबक लक्षित कार्यक्रम, भाग्यको खेलमा उल्लेख्य सहभागिता
गैडाकोट । गैडाकोट इङ्लिस  स्कुलमा अभिभाबक लक्षित खेलहरु संचालन भएका छन्। माघ १८ गतेदेखि जारि बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत माघ २३ गते मिनी म्याराथन तथा भाग्यको खेल आयोजना गरिएको हो।नगरपालिका भित्रको एककमात्र "क" बर्गको विद्यालय  गैडाकोट इंगलिस स्कुलले २३ गते बिहान अभिभाबक, बिद्यार्थी तथा शिक्षकको लागि ५ किलोमिटर दुरीको मिनी म्याराथन आयोजना गरिएको थियो। सो प्रतियोगितामा पुरुष अभिभाबक तर्फ बद्रि बिर्कट्टा मगर, बिष्णु कुँवर र गोबिन्द सापकोटा क्रमश प्रथम द्वित्तीय र तृतीय ...

भृकुटी कागज कारखाना खुलाउन गण्डकी प्रदेश संसदीय समितिको चासो

भृकुटी कागज कारखाना खुलाउन गण्डकी प्रदेश संसदीय समितिको चासो
नवलपुर ।  गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ । उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको धारणा तथा उद्योग खोल्न आइपर्ने चुनौतीका विषयमा समितिका सभापति भोजराज अर्याल नेतृत्वको टोलीले चासो देखाएको हो । मङ्गलबार उद्योगको अनुगमन गर्दै सभापति अर्यालले राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको भृकुटी कागज कारखाना बन्द हुनुका कारण, स्थानीयको अपेक्षा, पुनःसञ्चालन गर्नसक्ने अवस्थाबारे स्था...

नारायणी पब्लिकमा सप्ताहव्यापी खेलकुद सुरु

नारायणी पब्लिकमा सप्ताहव्यापी खेलकुद सुरु
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलको प्लस टु तर्फको सप्ताहब्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी खेलकुद कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्याब्सन भरतपुर माहानगरका उपाध्यक्ष इन्द्रेश शाह प्रमुख अतिथी रहनु भएको थियो । विद्यालयका प्राचार्य बेदराज नौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइतबार भएका सम्पुर्ण खेलहरुको पुरस्कार बितरण जनोदय टोल बिकास सस्थाका अध्यक्ष बिष्...

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न माग

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न माग
वाल्मीकि  ।नेपालको ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जाड्नेगरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामोसमय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो । वाल्मीकि आश्रममा बसेको नेकपा एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णय...

गैँडाकोट नगर स्तरीय शिक्षक फुटसलको उपाधि मुकुन्दसेन इङ्लिस स्कुललाई

गैँडाकोट नगर स्तरीय शिक्षक फुटसलको उपाधि मुकुन्दसेन इङ्लिस स्कुललाई
गैँडाकोट । जनक मावि गैँडाकोटको आयोजनामा भएको नगर स्तरीय शिक्षक फुटसल प्रतियोगिताको उपाधि मुकुन्दसेन इङ्लिस स्कुलले जितेको छ । प्रतियोगितामा सहभागि गैँडाकोटका १५ विद्यालयहरुलाई पछि पार्दै मुकुन्दसेन इङ्लिस स्कुलले शिक्षक फुटसल प्रतियोगिताको उपाधि रक्षा गरेको हो । फाईनल प्रतिष्पर्धामा विजय सामुदायिक शिक्षा सदनलाई शुन्यका विरुद्ध एक गोलले पछि पार्दै मुकुन्दसेनले उपाधि उचालेको हो । उपाधिसँगै मुकुन्दसेनले २० हजार रुपैँया नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । जनक मावि...