गैँडाकोटमा कार्तिक २३ गतेदेखि औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
गैँडाकोट- गैँडाकोटमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने भएको छ । यहि कार्तिक २३ गतेदेखी मंसिर १० गतेसम्म १८ दिन लामो मेला गर्न लागिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।
शनिबार गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक गतिविधि चलायमान बनाउन एवं नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताउनुभयो । आर्थिक मन्दीका कारण व्यवसायी पलायन भएको अवस्थामा महोत्...


