जन्मदिनमा लुम्बिनी केबलकारको टिकट निःशुल्क
रूपन्देही । बुटवलको लुम्बिनी केबलकारले जन्मदिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ ।केबलकारको यात्रा प्रवर्द्धधनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयाँ अफर ल्याएको हो ।
जन्मदिनको अवसरमा केबलकारमार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद ग्रहणका लागि सर्वसाधारणलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।
जन्मोत्सव मनाउन केबलकार जाने यात्रुह...


