×

नवलपुर विशेष

नवलपुरको जंगलमा शिशुको शव भेटियो

नवलपुरको जंगलमा शिशुको शव भेटियो
गैँडाकोट । पुर्वि नवलपरासीको मध्यविन्दुमा नवजात शिशुको शव फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ५ को हरियाली सामुदायिक वन र वडा नं. ७ विजय सामुदायिक वनको सिमामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । डिएसपी मोहन बहादुर खाँणका अनुसार बुधवार विहान ११ः५० वजे कपडाले वेरी जेब्रा झोला भित्र मृत अवस्थामा फेला पारी फालेको अवस्थामा शिशुको शव भेटाइएको हो । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अवैध सम्वन्धबाट जन्मिएका ...

चित्तल मारेर खाँदै  गरेका सातजना चितवन निकुन्जको नियन्त्रणमा 

चित्तल मारेर खाँदै  गरेका सातजना चितवन निकुन्जको नियन्त्रणमा 
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट चित्तल मारेर ल्याई खाँदै गर्दा सात जना पक्राउ परेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राती निकुञ्ज र सेनाको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं। २३ बस्ने ४९ वर्षिय शुकबहादुर दरै, ४२ वर्षिय चन्द्रप्रसाद दरै, २८ वर्षिय दिपक दरै, सन्तकुमार दरै, ६० बर्षिय बुद्धिबहादुर दरै, २८ वर्षिया सुकमाय...

नवलपुरको भृकुटी कागज कारखाना कुरुप र खण्डहर

नवलपुरको भृकुटी कागज कारखाना कुरुप र खण्डहर
माया कँडेल गैँडाकोट । देशकै शानका रुपमा रहेको भृकुटी कागज कारखाना कुरुप र खण्डहर बनेको छ । बन्द भएको दशक भइसक्दा पनि न त यहाँ काम गरेका कर्मचारीले तलब पाएका छन्न त यसको व्यवस्थापनमा नै सरोकारवालाले चासो दिएको छ । मजदुर र सीमान्तकृतका लागि काम गर्छौं भन्ने व्यक्ति सरकारमा पुगे तर यो विषयले भने अझै प्राथमिकता पाउन सकेको छैन । भृकुटी कागज कारखाना बन्द हुँदा सयौँ व्यक्तिले रोजगारी गुमाए । यति मात्रै होइन कागजमा आत्मनिर्भर बनेको र विदेशमा पनि यहाँ उत्पादित कागज निर...

नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी

नवलपुरका अर्याल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका मुख्य प्रतिष्पर्धी
नवलपुर । नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय महाधिवेशनका लागि चुनावी प्रचारप्रसार तीब्र बनेको छ । १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरुलाई मात्रै समेट्ने गरेको जेसीजमा एक वर्ष मात्रै कार्य समितिमा रहन पाउने प्रावधान छ । युवाहरुको ब्यक्तित्व र नेतृत्व विकासमा जोड दिँदै आएको जेसीजको यहि पुसमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा नवलपरासीपूर्व कावासोतीका युवा ब्यवसायी कृष्णप्रसाद अर्याल राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा मुख्य प्रतिष्पर्धी रहनु भएको छ । आफू सक्षम भएर मात्रै समा...

कसरामा हुर्काइएका गोही राप्तीमा छोडियो

कसरामा हुर्काइएका गोही राप्तीमा छोडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले जानकारी दिए । ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी...

मालपोत कार्यालय चितवनमा ७ करोड भ्रष्टाचार, लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा

मालपोत कार्यालय चितवनमा ७ करोड भ्रष्टाचार, लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आज आरोप-पत्र दायर गरेको छ । मालपोत कार्यालय चितवनका नायब सुब्बा मनोज निरौला, लेखापाल बलराम सापकोटा र लेखा अधिकृत रिठ्ठे दर्जीले गरी ७ करोड भन्दाबढी रकम राजश्व हिनामिना गरेको अख्तियारको दाबी छ । लेखा अधिकृत दर्जीले राजस्व रकम रु। ७ करोड ८ लाख १७ हजार ,०३७।– सम्बन्धित बै...

अवकाे कांग्रेस शभापती काेइराला परिवारबाटै: शशांक काेईराला

अवकाे कांग्रेस शभापती काेइराला परिवारबाटै: शशांक काेईराला
विराटनगर । कांग्रेस महामन्त्री डा‍. शशांक कोइरालाले कोइराला परिवारबाट तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन्।नेपाल कांग्रेसको घोषित देशव्यापी आन्दोलन सञ्चालनका निम्ति विराटनगर पुगेका कोइरालाले सोमबार कोइराला परिवारबाट सल्लाहअनुसार नै कांग्रेसको भावी नेतृत्वमा एक जना पुग्ने बताएका हुन्। उनले डा। शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए। ‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह ग...

रक्सी किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या

रक्सी किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या
बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान  ट्रयाकर  तालिमप्...

अख्तियारका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा

अख्तियारका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ...