×

नवलपुर विशेष

काठमाडौंको काउन्टर अट्याक: पाँच विकेट धरासायी भए पनि पोखरासामु १६६ रनको भारी पहाड

काठमाडौंको काउन्टर अट्याक: पाँच विकेट धरासायी भए पनि पोखरासामु १६६ रनको भारी पहाड
काठमाडौं — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रनको योगफल बनाएको हो। काठमाडौँका ओपनर बेन चार्ल्सवर्थले पारी सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे। लगातार विकेट पतन भइरहेको अवस्थामा उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रनको इनिङ्स खेले। उनी १९औँ ओभरसम्म क्रीजमा टिकेका थिए। सातौँ ...

“गण्डकीकै कान्छो अध्यक्ष, इ‍.दीपेन्द्र सुनारी सर्वाधिक मतसहित प्रतिनिधि निर्वाचित”

“गण्डकीकै कान्छो अध्यक्ष, इ‍.दीपेन्द्र सुनारी सर्वाधिक मतसहित प्रतिनिधि निर्वाचित”
नवलपुर - नेकपा एमालेको ११औँ महाधिवेशनको प्रतिनिधि निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट इन्जिनियर दीपेन्द्र सुनारी (मगर) सर्वाधिक लोकप्रिय मतसहित प्रतिनिधि निर्वाचित भएका छन्। उनले कुल १,१२० मत प्राप्त गर्दै विजयी हुन सफल भएका हुन्।  बुलिङटार गाउँपालिकाका अध्यक्ष सुनारी  गण्डकी प्रदेशका ८५ स्थानीय सरकारमध्ये सबैभन्दा कान्छो स्थानीय सरकार प्रमुखको रूपमा परिचित छन्। युवा नेताको रूपमा राजनीति क्षेत्रमा सक्रियता र जनसेवामा प्रतिबद्धताका कारण उनलाई स्थानीयस्तरमा अत्यधिक लोकप्रियता ...

विपद् व्यवस्थापनमा नयाँ पहल: गैँडाकोटले भित्रायो अत्याधुनिक दमकल

विपद् व्यवस्थापनमा नयाँ पहल: गैँडाकोटले भित्रायो अत्याधुनिक दमकल
गैँडाकोट -गैँडाकोट नगरपालिकाले आपतकालीन प्रत्युत्तर क्षमता सुदृढ बनाउन नयाँ दमकल (बारुणयन्त्र) भित्र्याएको छ। आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरिएको बजेटबाट खरिद गरिएको दमकल बाढीका कारण रसुवागढी नाकामा ढिलाइ भए तापनि अब नगरमा आइपुगेको छ, जसले नगरको विपद् व्यवस्थापन सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नगरपालिकाको विपद् शाखाका इञ्जिनियर शंकर कंडेलका अनुसार ९४ लाख ४४ हजार रुपैयाँ लागतमा दमकल आधुनिक उपकरण तथा उच्च क्षमताका पम्पसहित नगरमा भित्रिएको हो। दमकल सञ्चालन तथा व्य...

गैडाकोटमा रेड बुल फ्याक्ट्रीविरुद्ध स्थानीयको विरोध प्रदर्शन

गैडाकोटमा रेड बुल फ्याक्ट्रीविरुद्ध स्थानीयको विरोध प्रदर्शन
गैडाकोट–१७ स्थित सरस बेभरेज कम्पनी प्रा.लि. (रेड बुल) ले स्थानीय कामदारलाई रोजगार नदिएको तथा पटक–पटकको छलफलपछि पनि सकारात्मक कदम नचालेको आरोपसहित स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले आज फ्याक्ट्री परिसरमा पुगेर विरोध प्रदर्शन गरेका छन्। फ्याक्ट्री व्यवस्थापनसँग स्थानीय प्रतिनिधिहरूले धेरैपटक समन्वय गर्न खोजेपनि कम्पनीले स्थानीय कामदार राख्ने विषयमा निरन्तर टालमटोल गरेको स्थानीयको आरोप छ। यसैबीच आजको स्वतःस्फूर्त प्रदर्शनमा जनप्रतिनिधि, श्रमिक तथा स्थानीयवासीहरू सहभागी भएको जन...

बुलिङटारमा रोटरीको सेवा: न्यानो कपडादेखि सुरक्षित पानीसम्म

बुलिङटारमा रोटरीको सेवा: न्यानो कपडादेखि सुरक्षित पानीसम्म
नवलपुर-  बुलिङटार गाउँपालिका–५ भदौरीस्थित श्री उदय मा.वि.मा शनिबार रोटरी क्लब अफ गैडाकोटले पहिलोपटक पुगेर ११६ जना छात्र–छात्रालाई न्यानो कपडा, स्कुल झोला र स्टेसनरी सामग्री वितरण गरेको छ। त्यस्तै विद्यालयमा पानी फिल्टर पनि जडान गरिदिँदै स्वस्थ्य र सुरक्षित पिउने पानीको व्यवस्थामा सहयोग गरेको छ। दुर्गम भेगमा रहेको र अघिसम्म कुनै पनि संघ–संस्थाबाट सहयोग नपाएको विद्यालयमा रोटरी क्लब पुगेपछि विद्यालय परिवार र स्थानीयवासी उत्साहित बनेका थिए। कार्यक्रम रोटरी क्लबका अध्यक्ष रो. हिर...

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि नवलपुर–१ बाट प्रतिनिधि चयन ( मतसहित)

नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि नवलपुर–१ बाट प्रतिनिधि चयन ( मतसहित)
नवलपुर– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि नवलपुर क्षेत्र नं. १ बाट मतदानमार्फत प्रतिनिधि चयन भएका छन्। भर्खरै सकिएको मतगणनाले खुला, महिला र युवा तिनै तहमा प्रतिस्पर्धा तीव्र देखिएको थियो। खुला तर्फ कडा प्रतिस्पर्धाबीच मुक्तिराम पाण्डे ९५९ मतसहित शीर्षस्थानमा रहँदै निर्वाचित बनेका छन्। त्यस्तै भिमलाल कंडेल ९१२ मत, रोशन बहादुर गहा मगर ८४४ मत र नरदेव न्यौपाने ८३८ मत प्राप्त गरी प्रतिनिधि चयन भएका छन्। महिला तर्फ महिलातर्फ भाग लिनेमध्ये पार्वता तिवारी १०५४ मत प्राप...

एनपिएलमा आज पनि दुई खेल: चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

एनपिएलमा आज पनि दुई खेल: चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदै छन्। पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज बीच हुने छ भने दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। पहिलो मैच दुवै टोलीका लागि बराबरी महत्वको छ। दुवैले अहिलेसम्म २–२ खेल जितेका छन्। काठमाडौंले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ भने चितवनको यो तेस्रो खेल हुनेछ। चितवनले एक खेलमा हार बेहोरेको छ भने काठमाडौंले दु...

अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम

अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम
गैंडाकोट – अक्सफोर्ड सेकेन्डरी स्कुलले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुलले पहिलो स्थान हासिल गरेको छ। गैंडाकोटका १३ विद्यालयका विद्यार्थीहरूले बुधबार अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको सभाहलमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा बाल विकास इंग्लिस स्कुल दोस्रो, विजय सामुदायिक शिक्षा सदन तेस्रो, र साइनिड्ड इंग्लिस सेकेन्डरी स्कुल चौथो स्थानमा रहे। अक्सफोर्ड कलेजका प्राचार्य प्रो. डा. इन्जिनियर हरीप्रसाद भण्डा...

पुस २५ देखि गैँडाकोट महोत्सव -उद्योग, पर्यटन र संस्कृतिको एकै स्थानमा भव्य प्रदर्शन

पुस २५ देखि गैँडाकोट महोत्सव -उद्योग, पर्यटन र संस्कृतिको एकै स्थानमा भव्य प्रदर्शन
गैँडाकोट- पुस २५ गतेदेखि चौथो गैँडाकोट महोत्सव सुरु हुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटले आज पत्रकार सम्मेलन गरी नारायणी नदी किनारमा आयोजना हुन लागेको महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो। संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमबारे जानकारी दिँदै आयोजकले करिब २५० स्टल, २ लाखभन्दा बढी दर्शक तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको बताए। देशभरका ...