रास्वपा गैडाकोट नगर समितिद्वारा ११ विभागमा नेतृत्व मनोनयन, संगठन विस्तारमा नयाँ गति
गैडाकोट - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडाकोट नगर समितिले विभिन्न १० विभागमा प्रमुख, उपप्रमुख र सदस्य मनोनयन गर्दै संगठनलाई संगठित तथा प्रभावकारी बनाउने उद्देश्यले ठूलो संरचनात्मक कार्य सम्पन्न गरेको छ। नगर सभापति बिमल घिमिरेका अनुसार यो प्रक्रिया पार्टीको स्थानीय गतिविधि सक्रियता, सुशासन प्रवर्द्धन र जनसमस्यासँग प्रत्यक्ष सम्बन्धित कामलाई संस्थागत बनाउने अभियानको महत्वपूर्ण चरण हो।
जनसम्पर्क विभागमा ढुण्डिराज आचार्यलाई प्रमुख र अमृता बगालेलाई उपप्रमुख तोकिएको छ भने...


