गैँडाकोट नगरपालिकाले भन्यो : व्यवसायिक प्रयोजनका लागि माईकिङ नर्गनु !
गैँडाकोट । व्यावसायिक प्रयोजनका लागि नगरभित्र चर्को आवाजमा माइकिङ्ग गर्ने चलन बढेपछि गैँडाकोट नगरपालिकाले त्यसो नगर्न भनेको छ । एक सुचना जारी गर्दै गैंडाकोट नगरपालिकाले नगर भित्रका स्थानीय बजार तथा टोलटोलमा व्यापार व्यवसायको नाममा गाडी, रिक्सा, अटो, ठेला लगायतका साधनमा उच्च आवाजमा स्पिकर जडान गरि माइकिङ्ग नगर्न व्यापारीहरुलाई आग्रह गरेको हो ।
चर्को आवाजमा माइकिङ्ग गर्दा यसले ध्वनी प्रदुषणका साथै स्वास्थ्यमा समेत स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले यसलाई बन्द धर्म आग्रह ग...


