जलुके खानेपानीको नयाँ नेतृत्वका लागि क -कसले उम्मेदवारी दिए ? (नाम सहित )
गोविन्द घिमिरे
गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोटको अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थाको १० औँ अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा सहभागी हुँदै पाँचजनाले अध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । निर्वतमान अध्यक्ष मोतीचन्द्र चालिसे, पूर्व अध्यक्ष लालमणी पौडेल सहित जगन्नाथ पौडेल, शकुन्तला तिवारी र टिकाराम काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा तीनजनाले नाम दर्ता गराएका छन्।भगवान लम्साल, ल...


