नयाँ वर्षमा नारायणी किनारमा साँस्कृतिक साँझ हुने,पल शाह आउँदै
चितवन । नयाँ वर्ष-२०८० को अवसर पारेर चितवनको नारायणी नदी किनारमा साँस्कृतिक साँझ आयोजना हुने भएको छ । बैशाख १ र २ गते नारायणगढ स्थित नदी किनारमा सांस्कृतिक साँझ आयोजना गरिएको हो । एमएमबिकेएल इभेन्ट प्रालिको आयोजनामा हुने साँस्कृतिक साँझको तयारी पुरा भएको छ । दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए ।
पल शाहसँगै कन्सर्टमा हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित...


