×

आर्थिक

धितोपत्र बोर्डको निचोड :  ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल

धितोपत्र बोर्डको निचोड :  ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल
काठमाडौं । सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ । ‘सेयर मूल्य बढ्नु ...

सेयर बजारमा ‘करेक्सन’, कारोबार रकम साढे १६ अर्ब नाघ्यो

सेयर बजारमा ‘करेक्सन’, कारोबार रकम साढे १६ अर्ब नाघ्यो
काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेको छ । उता ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०।२५ अंकले बढेको छ । यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक र...

सातै प्रदेशले आज बजेट ल्याउँदै

सातै प्रदेशले आज बजेट ल्याउँदै
काठमाडौं। आज प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने भएका छन्।प्रदेशहरूमा नीति तथा कार्यक्रम आइसकेको छ। आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन्। यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ।विकास निर्माणका गतिविधिहरूलगायतमा पनि बजेट केन्द्रीत रहने प्रदेशहरूका नीति तथा कार्यक्रमले देखाएका छन्। प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक छ।...

बुढानीलकण्ठकाे सरकारी जग्गामा गिद्दे नजर : जनप्रतिनिधिकै मिलेमताे भएकाे आशंका !

बुढानीलकण्ठकाे सरकारी जग्गामा गिद्दे नजर : जनप्रतिनिधिकै मिलेमताे भएकाे आशंका !
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ४ मा सयौं रोपनी प्रतिजग्गा स्थानीय जनप्रतिनिधिहरुको मिलिमतोमा किनवेच भईरहेको पाइएको छ । भूकम्प अघि केहि घर मात्र बनेपनि अहिले राजनीतिक स्वार्थ र स्थानीय जनप्रतिनिधिको मिलिमतोमा लालपुर्जा बिनाकै जग्गा एकापसमा किनबेच हुने र सिफारिस समेत दिने गरेको स्थानीयहरु बताएका छन् । स्थानीयका अनुसार बुढानिलकण्ठ नगरपालिकामा वडा नम्वर ४ का वडाध्यक्षमा राजु खड्का निर्वाचित भएर आएपछि बुढानिलकण्ठ नगरपालिका वडा लिपिकोटको सार्वजनिक जग्गा लग...

सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै

सिईडिबि हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधवारदेखि कारोबारमा आउँदै
काठमाडौं । मंगलवार सिईडिबि हाइड्रो डेभलपमेण्ट कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू। १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्यरेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्का...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । बजेट वक्तव्य 2078

१६ खर्ब हाराहारीकाे बजेट आज ४ बजे सार्वजनिक हुँदै

१६ खर्ब हाराहारीकाे बजेट आज ४ बजे  सार्वजनिक हुँदै
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।ब...

ललितपुर महानगरलाई २ सय सिलिण्डर अक्सिजन सहयोग गर्ने बिध ल्याबकाे घाेषणा

ललितपुर महानगरलाई २ सय सिलिण्डर अक्सिजन सहयोग गर्ने बिध ल्याबकाे घाेषणा
काठमाडौ । बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ।बिहीबार महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार युएनपार्कमा रहेको बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ।बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौं उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख गरिएको छ। ...

राजनीति सँगै कृषिमा रमाउँदै युवा नेता सन्ताेष पनेरु

राजनीति सँगै कृषिमा रमाउँदै युवा नेता सन्ताेष पनेरु
चितवन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग वाइसीएलका जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिबेला आफ्नै कृषि फार्ममा तल्लीन हुनुहुन्छ । माडी नगरपालिका–५ छरछरेमा उहाँले माडी सामूहिक बहुउद्देश्यीय एग्रो एण्ड भेट फार्म नामक संस्था सञ्चालन गरिरहनुभएको हो । सोही फार्मको सञ्चालकका रूपमा पनेरु अहिले कृषि कर्ममा लाग्नुभएको छ । उहाँसँगै राजनीति गरिरहेका अन्य तीन व्यक्तिको साझा लगानीमा उहाँले फार्म सञ्चालनमा ल्याउनुभएको हो । अनेरास्ववियु क्रान्तिकारीक...