×

आर्थिक

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल सुरु

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए ।‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले  भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’ पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइत...

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार

साताको ६ दिन सेयर बजार खुल्ने, शुक्रबार जम्मा दुई घण्टा कारोबार
काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो।उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो। सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो। यस अघि पुरानै व्यवस्था अनुसार आइतबार...

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन

सेयर लगानीकर्ता आन्दोलित, सरकारविरुद्ध सडकमै प्रदर्शन
काठमाडौं । सेयर बजार लगानीकर्ताहरुले काठमाडौंको बानेश्वसरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सेयर बजार सुधार गर्न सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबा...

सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन

सेयर बजारका समस्याबारे अध्ययन गर्न समिति गठन
काठमाडौं । अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एकरएक जना प्रतिनिधि रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ । अब अर्थ मन्त्रालय र नेपाल रा...

गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम : बेरोजगारलाई गरिखाने अभियान (पूर्णपाठ)

गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम : बेरोजगारलाई गरिखाने अभियान (पूर्णपाठ)
पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पहिलो बैठकले २ वर्षभित्र सबै प्रदेशवासीको घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने निर्णण गरेको थियो र त्यसैअनुरुप नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक भ...

मधेस सरकारको नीति तथा कार्यक्रम आज

मधेस सरकारको नीति तथा कार्यक्रम आज
काठमाडौँ । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार  प्रदेशसभामा प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झाँका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त...

चितवनमा ३० करोड लागतमा ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन बन्दै

चितवनमा  ३० करोड लागतमा ग्लोबल आईएमई बैंकको अत्याधुनिक भवन बन्दै
चितवन । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो । बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताउनुभयो । देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाक...

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू। १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्था...

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि
सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क र भन्सार दर बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँ अन्तशुल्क लाग्ने व्यवस्था भएको छ ।आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिंक्सको अन्तशुल्क प्रतिलिटर ३६ बाट ५० रुपैयाँ बनाएका छन् । त्यसैगरी जौबाट बनेको वियरमा अन्तशुल्क प्रतिलिटर १९८ रुपैयाँबाट २२८ रुपैयाँ पुर्याइएको छ ।अन्डिनेर्यड इथाय अल्कोहलमा अन्तशुल्क प्रतिलिटर ७० बाट ८०, एक्स्ट्रा न्युट्रल अल्कोहलमा ७६बाट ८६, एनहाइड्र...