×

आर्थिक

रिलायवल नेपाल लाइफ ईन्स्योरेन्स नारायणगढ शाखा सम्मानित

रिलायवल नेपाल लाइफ ईन्स्योरेन्स नारायणगढ शाखा सम्मानित
चितवन । बिमाको क्षेत्रमा आक्रामक ब्यवसाय गरेको भन्दै रिलायवल नेपाल लाइफ ईन्स्योरेन्स नारायणगढ शाखालाई देशभरकै उत्कृष्ट दोस्रो शाखाको रुपमा सम्मान गरिएको छ ।चितवनको पर्यटकीय नगरी सौरहामा आयोजित शाखा प्रमुखहरुको बार्षिक भेलामा नारायणगढ शाखालाई सम्मान गरिएको हो । रिलायवल नेपाल लाइफ ईन्स्योरेन्सका केन्द्रीय अध्यक्ष उदय नेपाली (श्रेष्ठ) र सिइओ नारायण बाबु लोहनीले शाखा प्रमुख रमेश आचार्यलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभयो । सो अवसरमा लक्ष्यभन्दा बढी प्रगती गरेको भन्दै...

सेयर बजारमा हरियाली, नेप्सेसँगै बढ्यो कारोबार रकम

सेयर बजारमा हरियाली, नेप्सेसँगै बढ्यो कारोबार रकम
काठमाडौं। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक देखिएपछि बजारले वृद्धिको बाटो समातेको छ।मैद्रिक नीतिमा अब लगानीकर्ताहरूले एउटै बैंकबाट १२ करोडसम्म कर्जा पाउन सक्ने व्यवस्था गरेपछि बजार बढेको देखिन्छ।यसअघि राष्ट्र बैंकले एउटा बैंकबाट ग्राहकले अधिकतम ४ करोड र सबै बैंक तथा वित्तीय संस्था गरेर अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिबाट साना लगानीलाई प्रवर्द्धन समेत गरेको छ। अब २५ लाखसम्मको सेयर ...

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउँछन्। यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। यसरी पाइने सटही सुविधाअन्तरगत एयरपोर्टमै राष्ट्र बैंकबाट स्वीकृति लिएका मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्। विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने ...

राजस्व कार्यालय कावासोतीद्धारा २४ अर्ब ११ करोड राजस्व संकलन, गतवर्षभन्दा साढे ७ अर्बले बढी

राजस्व कार्यालय कावासोतीद्धारा २४ अर्ब ११ करोड राजस्व संकलन, गतवर्षभन्दा साढे ७ अर्बले बढी
सुस्मा न्याैपाने  कावासोती । आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ करोड १२ लाख १ हजार राजश्व संकलन गरेको छ । संकलन भएको राजश्व आर्थिक २०७७/७८ को भन्दा साढे ७ अर्वले बढी हो । गत बर्ष १६ अर्ब ६१ कराेड ५९ लाख ३७ हजार राजस्व संकलन भएकाे थियाे । कार्यालयले २०७९ असार मसान्तसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु २४ अर्ब ११ करोड १२ लाख १ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएक...

सरस्वती निकेतनका ९ विद्यार्थीद्धारा पूर्णछात्रवृतिमा उच्चशिक्षा अध्ययनमा नाम निकाल्न सफल

सरस्वती निकेतनका ९ विद्यार्थीद्धारा पूर्णछात्रवृतिमा उच्चशिक्षा अध्ययनमा नाम निकाल्न सफल
नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन आवाशीय माध्यामिक विद्यालयबाट कक्षा एघार र बाह्र अध्ययन गरेका ९ जना विद्यार्थीहरुले विभिन्न विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै पुर्ण छात्रबृतिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयका विद्यार्थीहरु कुल प्रसाद पौडेल र सृष्टि विकले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएको विद्यालयका प्रचार्य भरतबाबु कंडेलले जानकारी दिनुभयो । त्यसैगरी अर्का विद्यार्थी दिलमाया रानाले प...

नयाँ आर्थिक वर्ष सुरु, करका नयाँ दरसँगै कर्मचारीको बढेको तलब आजैदेखि लागु

नयाँ आर्थिक वर्ष सुरु, करका नयाँ दरसँगै कर्मचारीको बढेको तलब आजैदेखि लागु
काठमाडौँ । आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०७९र८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउनेछ । त्यसैले नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ । सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ । यस्तै चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरक...

मरिसकेकालाई भत्तादेखि ढुंगा गिट्टी ठेकेदारलाई कर छुटसम्म

मरिसकेकालाई भत्तादेखि ढुंगा गिट्टी ठेकेदारलाई कर छुटसम्म
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले देशभरका स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ्दो क्रममा रहेको औल्याएको छ ।महालेखाले बुधबार सार्वजनिक गरेको उसको ५९ वार्षिक प्रतिवेदनमा स्थानीय तहहरूमा आर्थिक अनियमिततालाई समयमै नियन्त्रण गर्नुपर्ने सुझाव दिएको हो । महालेखाले गतवर्षको आर्थिक कारोवारको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । महालेखाले औल्याएका स्थानीय तहका अनियमिततामा मरिसकेका मान्छेलाई भत्तादेखि ढुंगा गिट्टी ठेकेदारलाई छुट दिएकोसम्म छन् ।स्थानीय तहले सभामार्फत सुरुमै बजेट ...

चितवनकाे पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट

चितवनकाे पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट
चितवन । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ ।आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन’का नामबाट सञ्चालन हुने भएको छ । अहिले सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ...

पाल्पा सिमेन्टद्वारा १२ लाखको सिमेन्ट भारत निर्यात

पाल्पा सिमेन्टद्वारा १२ लाखको सिमेन्ट भारत निर्यात
नवलपुर। सिमेन्ट उत्पादनमा निजीक्षेत्र प्रवेश गरेको २ दशकमा नेपालबाट यसको निकासी शुरू भएको छ । सरकारले निर्यातयोग्य वस्तु भनी नीति तथा कार्यक्रममा राखेको ३ वर्षमा सिमेन्ट निर्यात हुन थालेको हो । यसको शुरुआत आरएमसी ग्रूपको पाल्पा सिमेन्टले गरेको छ । पाल्पा सिमेन्ट शुक्रवार भारत निर्यात भएको हो । उक्त उद्योगले करीब १२ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको छ । गोरखपुरसम्मको बजारलाई लक्ष्य गरेर पहिलोपटक निर्यात गरेको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले जानकारी ...