फुड फेस्टिबलको आज अन्तिम दिन, सुप्रिम मल्ल र अन्नु चौधरीलगायत आउने
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज समापन हुँदै छ । फुड फेस्टिबलको आज साँझ ५ बजे होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्ने कार्यक्रम छ ।
पुस १४ गतेदेखि सुरु भएको फुड फेस्टिबलमा हिजो सम्म २५ हजार भन्दा बढी दर्शक पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ९कृष्ण०ले जानकारी दिए । आज अन्तिम दिन अवलोकनकर्ताको अत्यधिक सहभागी रहने अपेक्षा गरिएको छ । प...


