×

आर्थिक

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार
  काठमाडौं । सहकारी ठगी  प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।जारी कांग्रेस संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ । आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछा...

इभी गाडीको हरिबिजोग, डिपलदेखि एमजीसम्मले पार गर्न सकेनन् भीमफेदीको उकालो

इभी गाडीको हरिबिजोग, डिपलदेखि एमजीसम्मले पार गर्न सकेनन् भीमफेदीको उकालो
काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय चार पाङ्ग्रे सवारी साधन भित्र्याउने होडबाजी चलेको छ । अटोको व्यापारमा स्थापित घरानादेखि नयाँ व्यवसायीहरुले समेत इभी गाडीकै आयातमा ध्यान केन्द्रीत गरेका छन् । जसका कारण विभिन्न मुलुकमा बनेका इभी गाडीहरु एकपछि अर्को नेपाल भित्रिने क्रम तीव्र बनेको छ । यो क्रममा चीनमा बनेका इभी गाडीहरुको बोलवाला चलिरहेको छ । आधुनिक र नयाँ फिचर्सले सुसज्जित इभी गाडी भित्र्याउने होडबाजी निकै रोचक पनि देखिन्छ ।यहीबेला इभी गाडीका आयातकर्ताहरुमध्ये क...

२३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

२३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २३ सयले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ ।त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० ...

सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू

सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू
हेटौंडा। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ ।सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरिएको हो । २०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउने छ । ३१.७ मेगावाट विद्युत् पनि उत्प...

सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ । यही वैशाख २८ गतेदेख...

बैंकहरुले पनि मिटर ब्याज लिइरहेका छन्- केपी ओली

बैंकहरुले पनि मिटर ब्याज लिइरहेका छन्- केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले पनि मिटर ब्याज लिइरहेको बताएका छन् ।लोकान्तरको इकोनोमिक डिबेटमा सहभागी ओलीले हरेक तीन महिना ब्याजलाई सावाँ बनाउने बैंकहरुको काम पनि मिटर ब्याज भएको बताए । उनले प्रश्न गरे, ‘१० लाख लिएर ३० लाख दिनुपर्ने मिटर ब्याज हो कि होइन ?’मिटर ब्याजलाई तराई, मधेश, पहाड आदिमा मात्र नहेरेर बैंकमा पनि हेर्नुपर्ने ओलीले बताए ।बैंक पैसा दिने र ब्याज लिने साहु मात्र हुन नहुनेमा उनले जोड दिए । रकम लिएपछि अधिकतम क...

१६ बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले चलायो कारबाहीको डन्डा

१६ बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले चलायो कारबाहीको डन्डा
  काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । आफ्नो नीति निर्देशन नमानेपछि राष्ट्र बैंक एक्सनमा उत्रिएको छ । राष्ट्र बैंकको नीति नियम नमान्नेमा अधिकांश वाणिज्य बैंक अगाडि छन् । साउनदेखि चैतसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्दा ११ वाणिज्य बैंक परेका छन् । वाणिज्य बैंकहरु नेपालका ठूला भनिने ‘क’ वर्गका हुन् । हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । यस अवधिमा ४ वटा विका...

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् – अर्थमन्त्री

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् – अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३।६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए । अर्थ...